शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

अछाममा छाउगोठमा एक महिलाको मृत्यु 

बिष्णुप्रसाद भण्डारी
2 months ago
02/12/2019

अछाम । महिला हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान चलिरहेकै बेला अछाममा एक युवतीको छाउपडी गोठमा मृत्यु भएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा एक युवतीको छाउपडी गोठमा मृत्यु भएको हो । २१ वर्षीया पार्वती बुढा (रावत) को छाउ गोठमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेवगरका प्रहरी निरीक्षक नरपती भट्टले बताए ।

प्रहारीका अनुसार आइतबार साँझ खाना खाएर सुतेकी उनी सोमबार बिहान मृत भेटिएकी हुन् । बिहान साढे सात बजेसम्म पनि पार्वती नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा उनी मृत भेटिएकी उनका जेठाजु छत्र रावतले जानकारी दिए । छाउगोठ घर भन्दा १०० मिटर टाढा रहेको थियो । पार्वतीको के–कसरी मृत्युु भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उनी महिनावारी भएको ४ दिन भएको थियो । मृतकका श्रीमान करन रावत ६ महिनादेखि रोजगारीको सिलसिलामा भारतमा रहेको वडा अध्यक्ष कृष्ण बुढाले बताए । मेल्लेख गाउँपालिका वडा नम्वर ७ नन्देगडा माइती घर भएकी पार्वतीको १८ महिना पहिले मात्र सिद्धेश्वरमा बिहे भएको थियो । अछाममा हालसम्म १५ जना भन्दा बढी महिलाको छाउ गोठमा मृत्यु भइसकको छ ।

(Visited 128 times, 1 visits today)
Loading comments...