आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

उपनिर्वाचन : प्रदेश २ मा गुणात्मक रुपमा छलाङ्ग मार्दै नेकपा, राजपाको किल्ला भत्कायो

सुभाष साह
2 weeks ago
02/12/2019

काठमाडौं । प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गुणात्मक रुपमा छलाङ्ग मारेको छ । पछिलो उपनिर्वाचनको सार्वजनिक भएको मतपरिणाले प्रदेश २ मा नेकपलाई मतदान गर्ने मतदाता बढेको देखाएको छ ।

महोतरीको पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेदवार बिक्रम चौधरी निर्वाचित भएका छन् । १८ हजार पाँच सय ८८ मतदाता रहेको पिपरा गाउँपालिकामा चौधरीले तीन हजार दुई सय ४९ मत ल्याई बिजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो स्थानमा रहेको समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले तीन हजार ४१ मत ल्याए । तेस्रो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) का उम्मेदवार रविताकुमारी चौधरीले दुई हजार नौं सय ८६ मत ल्याए । काँग्रेसका उम्मेदवार बिजय यादवले एक हजार नौ सय ३५ मत पाए ल्याएर चौथो स्थानमा रहेका छन् ।

यस अघि २०७४ मा भएको निर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्षमा राजपा नेपालका उम्मेदवार बिनोदकुमार चौधरीले दुई हजार सात सय ७५ मत ल्याई बिजयी भएको थियो । त्यतिबेलाको निर्वाचनमा तत्कालिन एमालेका उम्मेदवार बिक्रम चौधरी दोस्रो र माओवादी केन्द्रका उम्मेदवार रामजानकी यादव तेस्रो स्थानमा रहेका थिए भने काँग्रेस उम्मेदवार राधारमण् मिश्र चौथो स्थानमा रहेका थिए ।

नेकपा केन्द्रीय सदस्य एवं महोतरी इन्चार्ज राजु खडकाले मधेसवादीको दवदवा रहेको ठाउँमा नेकपाले बिजयी हासिल गर्नु पार्टी नेतृत्वको सफल, कुशल कार्यले नै सफल भएको बताए । मधेसवादी दलको गढ भत्काउँदै नेकपाले बिजयी हुनु भनेको पार्टी केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय कमिटीको नेतृत्वका साथै यहाँका नेता र जनताको सफता मान्न सकिने उनले बताए ।

मधेसको मसिहा भनेर दावी गर्ने राजपा नेपाल होस वा समाजवादी पार्टी कुनैले पनि मुलुक र जनताको समस्या बुझन नसक्ने र समाधान पनि गर्न नसक्ने भएकाले मुलुकको समस्या बुझने र समाधान गर्ने हैसियत भएको पार्टी नै नेकपा भएकाले यसको बिकल्प नभएको जनताको बुझाई रहेको खडकाले बताए ।

‘केन्द्र, प्रदेश, जिल्ला सहित स्थानीय कमिटीका नेतृत्वको सफलताकै कारण अहिले नेकपा पिपरामा बिजयी भएको हो’ खडकाले भने, ‘प्रदेश २ का अन्य ठाउँमा पनि पहिले भन्दा अहिलेको उपनिर्वाचनमा मतसंख्या बढेको छ, यसले प्रदेश नेतृत्वको सफलता पुष्टि गर्छ ।’
पिपरा गाउँपालिकामा नेकपाले अत्याधिक मत ल्याए बिजयी भएपछि त्यहाँ बिजयीउत्सव भईरहेका छ । शुरुदेखि नै नेकपाका नेताहरुले यस गाउँपालिकामा गरेको घरदैलो, सभा, सम्मेलन लगायतका कार्यक्रम तथा समृद्धि एवं बिकासका मुद्धाका कारण लोकप्रिय मत पाएको हो ।

यस्तै सिरहाको कल्याणपुर नगरपालिकाको वडा नं. १२ मा समेत नेकपाका उम्मेदवार बिजयी भएका छन् । यहाँ २०७४ को निर्वाचनमा काँग्रेसका उम्मेदवार रामदेव यादवले छ सय २२ मत ल्याएर बिजयी भएका थिए । उपनिर्वाचनमा नेकपाका उम्मेदवार दिलिपकुमार यादव आठ सय २५ मत ल्याएर बिजयी भएका छन् । छ सय ५४ मत ल्याएर राजपा दोस्रो, छ सय १५ मत ल्याएर काँग्रेस तेस्रो र एक सय ६० मत ल्याएर जनमत पार्टी चौथो स्थानमा रहेको छ ।

महोतरीको मटिहानी नगरपालिका ६ नं. वडामा नेकपा बिजयी भएको छैन् तर यहाँ उसको मतदाता संख्या बढेको देखिन्छ । २०७४ को निर्वाचनमा तत्कालिन एमालेले १३ र माओवादी केन्द्रले एक सय १९ मत मात्रै पाएको थियो । तर अहिलेको उपनिर्वाचनमा नेकपाले यहाँ तीन सय ५५ मत ल्याउँन सफल भएको छ । यहाँ राजपाका उम्मेदवार रामबाबु नायकले तीन सय ७५ मत ल्याई बिजयी भएका छन् । निर्वाचन र उपनिर्वाचनको मतपरिणालाई हेर्ने हो भने यहाँ नेकपाको मतदाता दुई सय २३ जना बढेका छन् ।

बाराको बारागढी गाउँपालिका वडा नं. १ मा २०७४ को निर्वाचनमा तत्कालिन एमालेले तीन सय ६० र माओवादी केन्द्रले दुई सय ६१ मत पाएको थियो । तर अहिलेको उपनिर्वाचनमा नेकपाका उम्मेदवार शंकर चौधरीले छौ सय ७२ मत अर्थात पहिला भन्दा ५१ मत बढी ल्याएका छन् । यहाँ समाजवादीका उम्मेदवार सुरेश चौधरीले सात सय ४१ मत ल्याई बिजयी भएका छन् ।

नेकपा बारा जिल्ला अध्यक्ष अनिल श्रेष्ठले नेकपा नेतृत्वको सफल नेतृत्वदायी भुमिकाकै कारण अहिले प्रदेश २ मा नेकपा उम्मेदवार बिजयी हुनुका साथै मतसंख्या बढेको बताए । अघिल्लो निर्वाचनमा पार्टी एकीकरण हुनुभन्दा अघि दुबै पार्टीले पाएको मत भन्दा अहिलेको उपनिर्वाचनमा पाएको मतसंख्या बढी भएकाले पार्टी नेतृत्वले सफलरुपमा आफ्नो जिम्मेवारी निर्वाह गरेको प्रमाणित भएको श्रेष्ठले बताए ।

उपनिर्वाचन अघि नेकपा प्रदेश २ कमिटीले बाराको निजगढमा गरेको बृहत जनसभाले त्यसको प्रभाव प्रदेशैभरी मात्रै नभई देशैभरी परेको श्रेष्ठले बताए । बिकासको मुद्धा अब केवल नेकपाले मात्रै पुरा गर्न सक्ने सन्देश निजगढको बृहत जनसभाले दिएको उनले बताए ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ को निर्वाचनमा समेत नेकपाको मतदाता संख्या बढेको छ । २०७४ को निर्वाचनमा माओवादी केन्द्रको वडा अध्यक्षका उम्मेदवारले एक सय मत मात्र पाएका थिए । तर अहिलेको निर्वाचनमा यहाँ नेकपाका उम्मेदवार अच्छेलाल यादवले पाँच सय २९ मत पाएका छन् । यहाँ राजपा नेपालका उम्मेदवार प्रमिला देवी यादवले पाँच सय ४० मत ल्याएर बिजयी भएकी छन् ।

परिणामले राजपा जिते पनि मतपरिणामले नेकपाको मतदाता संख्या यहाँ अघिल्लो निर्वाचनभन्दा अहिलेको उपनिर्वाचनमा बढेको देखिन्छ । २०७४ को निर्वाचनमा त्यहाँ स्वतन्त्र उम्मेदवारको हैसियतले अच्छेलाल यादवले दुई सय ८० मत ल्याएका थिए ।

(Visited 802 times, 1 visits today)
Loading comments...