आइतवार १२ माघ, २०७६ (Sunday, 26th January 2020)
१२ माघ, २०७६ (26 January 2020)

धरानको मेयरमा कांग्रेसका तिलक राई बिजयी

विवेक विवश रेग्मी
2 months ago
02/12/2019

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदमा नेपाली काङ्ग्रेसका तिलक राई बिजयी भएका छन् । २०४६ सालपछाडि भएका सबै चुनावमा बामपन्‍थीले जित्दै आएको धरानमा यसपटक कांग्रेसका तिलक बिजयी भएका हुन् ।

२०७४ सालको चुनावमा धरानको मेयर पदमा पराजित भएका तिलकले तिलकले २६ हजार ७ सय ९ मत ल्याएका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका हुन् ।

तिलकले २ हजार ७ सय ९५ मतान्तरले हराएका हुन् । ९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५५०११ मत मात्र खसेको थियो ।

(Visited 39 times, 1 visits today)
Loading comments...