आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

विद्युत् नहुँदा दुर्गम क्षेत्रको कम्प्यूूटर शिक्षा किताबमै सिमित

भविन कार्की
2 weeks ago
02/12/2019

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ सेदुवाको हिमाद्रि माध्यमिक विद्यालयमा विद्युत् सेवा नहुँदा कम्प्युटर शिक्षा अधुरै भएको छ । विद्यार्थीलाई कम्प्युटर शिक्षाका लागि प्रसस्त ल्याप्टप भएपनि सदुपयोग हुन सकेको छैन ।

हिमाद्रि माविमा कम्प्युटर कक्षा संचालनका ३० वटा ल्याप्टप र दुई वटा डेक्टप भएपनि दक्ष शिक्षक र विधुत् लाईन नहुँदा त्यसै थन्किएको विद्यालयका प्रधानाध्यापक प्रेमकुमार राईले जानकारी दिए । प्रअ राईले भने कम्प्युटर कक्षा संचालनका लागि प्रसस्त ल्याप्टप छन् । तर कम्प्युटर कक्षा संचालनका लागि दक्ष शिक्षक र विद्युत् लाईन नहुँदा सदुपयोग हुन नसकेको उनले बताए। विद्यालयमा कम्प्पूटर विषय बढाइ हुने भएपनि प्रयोगात्कम दक्ष शिक्षक नहुदाँ त्यस्तै थन्किएको विद्यार्थीको गुनासो छ ।

दक्ष शिक्षक नहुँदा हामीलाई खोन्न र बन्द गर्न मात्र सिकाईने गरेको कक्षा ९ मा अध्ययरत छात्र दिपेन्द्र राईले गुनासो गरे। उनले भने कम्प्युटरको प्रयोगात्मक कक्षा नहुदाँ विद्यार्थीलाई ल्याप्टप खोल्न र बन्द गर्न मात्र सिकेको बताए। विषय शिक्षक र विद्युत् लाईन नहुँदा कम्प्युटरको प्रयोगात्मक कक्षा प्रभावकारी नभएको विद्यार्थीको गुनासो छ ।

प्रयोगात्मक विषय शिक्षकले पढाउने मात्र गर्दा पढ्नै गाह्रो हुने गरेको विद्यार्थीले गुनोसो गरे । दक्ष शिक्षक नहुँदा प्रयोगात्मक विषयलाई सैदान्तिक रुपमा मात्र पढाइ हुँदा सिकाई सुन्य रहेको दिपेन्द्रको भनाइ छ । विद्यालयमा कम्प्युटर विषय राखिएको भएपनि प्रयोगात्मक नहुँदा किताबको भरमा मात्र पढ्न पर्ने कक्षा ८ मा अध्ययनरत राजकुमारी राईले बताइन् । प्रयोगात्मक शिक्षा लिनु पनए भए पनि किताबमा मात्र पढ्नु परेको उनको भनाइ छ ।

सोलरपावरको भरमा चल्ने भएका कारण उच्च हिमाली क्षेत्रमा एक दिन भन्दा बाढी घाम नलाग्न नहुदा ल्याप्टपमा पनि चार्ज हुन समस्या भएको विद्यालयका प्रअ राईले गुनासो गरे । पानी परेको बेला त चार्ज नपुगेर कुनै पनि ल्याप्टप खुल्दैन प्रअ राईको बताए। सोलार चार्ज नभएको समय विद्यार्थीहरु कम्प्युटर प्रयोगशाला पुगेर त्यसै फर्कने गरेको प्रअ राईले बताए । प्रयोगात्मक ज्ञान लिनुपर्ने विषयमा सैद्धान्तीक ज्ञान मात्र पाउनु विद्यार्थीको बाध्यता रहेको छ । विद्यालयमा कम्प्युटर विषय भएपनि विषय शिक्षकको अभाव भएको प्रअ प्रेमकुमार राईले बताए। प्रअ राईले भने–‘अन्य विषय अध्यापन गराने शिक्षकले इन्स्टीच्युट गएर केहिदिन सिकेको भरमा पुरै कम्प्युटर विषय पढाउनु पर्ने बाध्यता रहेको छ ।

दुर्गम भएकाले विद्युत लाईन विस्तार नहुँदा सौर्य बत्तिबाट विद्युतिय सामाग्री प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । विद्यालयमा भएका सौर्य बत्तिले सबै ल्याप्टपहरु समेत चार्ज नहुँदा एक साथ प्रयोगात्मक कक्षा सञ्चालन गर्न समस्या भएको उनी बताउँछन् । कक्षा ६ बाट ८ सम्मका विद्यार्थीहरुलाई कम्प्युटर विषय पढाइने गरेको भएपनि प्रभावकारी रुपमा प्रयोगात्मक कक्षा भने सञ्चालन गर्न नसकिएको प्रअ राईको भनाई छ । विधुत् विस्तारका लागि स्थानिको श्रमदानमा विधुत्का पोल र तार चार वर्ष पहिलेनै सेदुवा प¥याइएको भएपनि अहिलेसम्म विधुत् विस्तार हुन सकेको छैन । मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा केही समय अगाडि मात्र केन्द्री विधुत् लाईन पुगेको छ ।

विद्यालयलाई कोरियाको कोम होङ्गील संस्थाले १९ वटा ल्याप्टप निशुल्क उपलब्ध गराएको थियो । त्यसैगरी बाँकी ११ ल्याप्टप र चार वटा डेस्टप कम्प्युटर विद्यालय आफैले खरिद गरेको विद्यालयले जनाएको छ । भोल्टेजका कारण दुई वटा डेस्टप कम्प्युटर विग्रीएको छ । सोलारको भरमा कम्प्युटर तथा ल्याप्टप प्रयोग गर्नु पर्दा भोल्टेजका कारण चाँडो विग्रीएर मर्मत गर्नु पर्ने बाध्यता रहेको छ । विग्रएको कम्प्युटर मर्मतका लागि लैजाँदा मर्मत गर्ने खर्च ढुवानीमै खर्च हुने विद्यालयले जनाएको छ ।

(Visited 68 times, 1 visits today)
Loading comments...