बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण

रासस
2 months ago

काठमाडौँ । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पारेकी छन् । सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।

आयशाले जितिन् स्वर्ण

सागअन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी छन् । आयशाले ७.९४० स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन् । सोही स्पर्धामा भारतकी खेलाडी दोस्रो भइन् भने श्रीलङ्काका खेलाडीले कास्य पदकमा चित्त बुझाएका छन् । यससँगै सागमा नेपालको स्वर्ण पदक नौ पुगेको छ ।

(Visited 22 times, 1 visits today)
Loading comments...