आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

पाँचथरको फाल्गुनन्दमा नेकपाका कुरुम्बाङ बिजयी

सन्देश सुब्बा
2 weeks ago
02/12/2019

पाँचथर । अध्यक्ष पदका लागि उपनिर्बाचन भएको जिल्लाको फाल्गुनन्द गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बीरबहादुर कुरुम्बाङ बिजयी बनेका छन् ।

कुरुम्बाङले निकटतम प्रतिद्वन्द्वी प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका बीर्जहाङ आङदेम्बेलाई ८०६ मतान्तरले पराजित गरेका हुन् । कुरुम्बाङ पाँच हजार ३६९ मत सहित अध्यक्षमा निर्बाचित हुँदा नेपाली काँग्रेसका आङदेम्बेले चार हजार २९२ मत प्राप्त गरे ।

कुरुम्बाङ स्थानीय तह निर्बाचनमा नेपाली काँग्रेसका स्व.अमरकुमार नेम्बाङसँग पराजीत बनेका थिए । उनले यसपल्ट हरको बदला लिएका छन् । कूल १६ हजार ५७७ मतदाता रहेको फाल्गुनन्दमा दश हजार ८२३ मत खसेको थियो ।

(Visited 28 times, 1 visits today)
Loading comments...