आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

विवाहपञ्चमी महोत्सव : रामकलेवा सम्पन्न (फोेटोफिचर)

सुजीतकुमार झा
2 weeks ago
02/12/2019

जनकपुरधाम । जुनस्थानमा रामजानकीको विहे भयो त्यही स्थानमा राम चारै भाई भोजन गरेका छन । विहेको एकदिनपछि मड़वामै भोजन गर्ने मिथिलामा परम्परा रहेको छ । राम चार भाइसंगै अयोध्यावाट आएका जन्तीहरुपनि सहभागि थिए । गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले यो भोजनसंगै विवाहका कार्यक्रम सक्ने गरेको गर्छन बताए ।

रामकलेवा भनिने यो महोत्सवको अन्तिम रहेको थियो । रामकलेवाको क्रममा विहे भएको मण्डपमा राम, लक्षमण, भरत र शत्रुधनलाई संगै बसाएर भोजन गराइने छ । भोजनका लागि ५६ व्यञ्जन बनाइएको थियो । भगवानको विहे छ राम कलेवा पनि विशिष्टै हुनुपर्छ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए ।

भोजनपछि विदाई पनि गरियो । भोजनको क्रममा मिथिलाञ्चलका गायक गायिकाहरुले गीत समेत गाएका थिए । विवाह पञ्चमीको बेला भगवान राम र जानकीको निष्ठा पूर्वक पूजा गर्दा तथा विवाहोत्सवमा सहभागि हुँदा मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ । यसै जनविश्वासका कारण ठूलो संख्यामा भतmजनहरु विवाह पञ्चमीमा राम जानकीको पूजा गर्न जनकपुर आउँछन् ।

सात दिवसीय कार्यक्रम अन्र्तगत आइतबार अबेर राति जनकपुरधामको जानकी मन्दिरमा वैदिक परम्परा अनुसार राम जानकीको विवाह सम्पन्न भएको छ । सात दिवसीय विवाहपञ्चमी महोत्सव अन्तर्गत नगर दर्शन, फुलवारी लिला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, स्वम्बर, विवाह र रामकलेवा सम्पन्न भइसकेको छ ।

(Visited 38 times, 1 visits today)
Loading comments...