आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

सूर्यभक्त पतनादेवी स्मृति पत्रकाररिता पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई प्रदान गरिने

रामकुमार श्रेष्ठ
2 weeks ago
02/12/2019

नवलपरासी । नेपाल प्रेस युनियन पुर्वी नवलपरासी शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ ।

प्रेस युनियन नवलपुरको सोमबार बसेको बैठकले उक्त पुरस्कार नेपाललाई प्रदान गर्ने निर्णय गरेको युनियनका जिल्ला अध्यक्ष विरेन्द्र पराजुलीले बताए । २५ हजार रुपैया पुरस्कार राशी ताम्रपत्र र दोसल्लाले पत्रकार नेपाल सम्मान गरिने पराजुलीले बताए ।

पुरस्कार कार्तिक २० गते कावासोतीमा नेपाली काङ्ग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गर्ने कार्यक्रम तय गरिएको युनियन नवलपुरले जनाएको छ ।

(Visited 22 times, 1 visits today)
Loading comments...