आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

यी हुन् भारतीय जलसेनामा पहिलो महिला पाइलट

एजेन्सी
2 weeks ago
02/12/2019

कोची ।  भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभांगी भारतीय जलसेनामा पहिलो पाइलट बनेकी छन् । शिभांगीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उनी गत वर्ष भारतीय जलसेनामा भर्ना भएकी हुन् ।

शिभांगीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान सुरु गरेर नयाँ जिम्मेवारी थालेकी हुन् । उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाएकी छन् ।

(Visited 15 times, 1 visits today)
Loading comments...