बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

नेपाललाई १५ स्वर्ण, यी हुन् स्वर्ण पदक विजेता

रामसूदन तिमल्सिना
2 months ago
02/12/2019

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको दोस्रो दिन नेपालले सानदार प्रदर्शन गरेको छ । एकै दिन नेपालले १५ स्वर्णपदक जितेको हो । २४ स्वर्णपदकका लागि भएको स्पर्धामा नेपालले १५ स्वर्णमाथि कब्जा जमाउन सफल भएको हो । १२औं संस्करणमा नेपालले जम्मा ३ स्वर्णपदक जितेर छैटौं स्थानमा रहेको थियो ।

यसपटक नेपालले ऐतिहासिक सफलता प्राप्त गर्ने प्रारम्भिक खेल परिणामले देखाएको छ नेपालले कराँते र तेक्वान्दोमा समान ७÷७ स्वर्णपदक जितेको छ । त्यसैगरी, ट्रायथलनमा १ स्वर्णपदक हात पारेको छ ।

भारतले १ स्वर्ण, २ रजत र १ कांस्य गरी कुल ४ पदक जितेको छ । पुरुष एकल ट्रायथलनमा भारतका लागि एमएन सिनिमोलले स्वर्ण जितेका हुन् ।

१२औं सागमा ७ रजत र ३ कांस्य गरी १० पदकमा सीमित भएको नेपालले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । अघिल्लो सागमा अफगानिस्तानले तेक्वान्दोतर्फ सर्वाधिक ६ स्वर्ण जितेको थियो भने भारतले ५ र पाकिस्तानले २ स्वर्ण जितेका थिए । यसपटक अफगानिस्तान सहभागी नभएका कारण नेपाललाई फाइदा पुगेको छ ।

तेक्वान्दोमा १३ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले तेक्वान्दोमा १ रजत र ३ कांस्य गरी पहिलो दिन कुल ११ पदक जितिसकेको छ । सोमबार कराँतेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयुषा शाक्यले २÷२ स्वर्णपदक जिते । आयुषा दक्षिण एसियाली खेलकुदमा तीन स्वर्णपदक जित्ने सफल महिला खेलाडी बनेकी छन् । उनका श्रीमान दीपक विष्टले सागमा चार स्वर्णपदक जितेर कीर्तिमान बनाएका थिए ।
१३औं सागका स्वर्णपदक विजेता

१५ स्वर्णपदक विजेता नेपाली खेलाडी

कराँते
१ (एकल काता) – मन्डेकाजी श्रेष्ठ
२ (टिम काता, महिला) – मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर
३ (टिम काता ,पुरुष)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४ (५५ केजी) – लक्ष्मण तामाङ
५ (८४ केजीमाथि) – विप्लवलाल श्रेष्ठ
६ (४५ केजी मुनि) – कुसुम खड्का
७ (५० केजी मूनि) – अनु अधिकारी

तेक्वान्दो
१.पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
२. पुम्से ( १७ –२३ वर्ष )– सिनामादेन लिम्बु
३. पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
४. पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
५. पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य र सञ्जिकुमार पाण्डे
६. महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
७. महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई

ट्रायथलन
१.सोनी गुरुङ

२ रजत पदक

कराँते
१ (एकल काता) – चञ्चला दनुवार
तेक्वान्दो
१ पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ
(८४ केजी मुनि)– दिवस श्रेष्ठ

३ कांस्य पदक
तेक्वान्दो
१ पुम्से (१७–२३ वर्ष) अस्मिन राउत र सिनामादेन लिम्बु
२ पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

ट्रायथोलन
२ वसन्त थारु

(Visited 24 times, 1 visits today)
Loading comments...