बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

भुटान शीर्ष स्थानमा

राजधानी समाचारदाता
2 months ago
03/12/2019

काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलका खेल सोमबारदेखि सुरु भएका छन् र पहिलो दिनका २ खेलपछि भुटानले आश्चर्यजनक अग्रता लिएको छ । राउन्ड रोबिनको आधारमा सुरु भएको प्रतियोगिताको पहिलो दिन स्पष्ट जित निकाल्ने टिम भुटान मात्र रह्यो र यसस“गै उसले पा““च टिम सम्मिलित टिममा शीर्ष स्थान कब्जा ग¥यो ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा भुटानले बंगलादेशलाई १–० ले हरायो । दोस्रो खेलमा भने माल्दिभ्स र श्रीलंकाले गोलरहित बराबरी खेले । श्रीलंका खेलको अन्तिम १० मिनेट १० खेलाडीमा सीमित रहेर माल्दिभ्सलाई बराबरीमा रोक्न सफल भएको हो । पहिलो खेलमा भुटानका तर्फबाट भएको एक मात्र गोल चेन्चो ग्याल्चिनको नाममा रह्यो ।

भुटानी रोनाल्डोको नामले चिनिने ग्याल्चिनले ६५औं मिनेटमा निर्णायक गोल गरे । फुब थिन्लेको पासलाई सदुयोग गर्दै उनले नजिकको दूरीबाट गोल गरे । खेलपछि कप्तानले भने, ‘आजको खेलमा हाम्रो उद्देश्य ३ अंक प्राप्त गर्नु थियो र हामी यसमा सफल रह्यौं ।’ प्रशिक्षक पेमाले भने खेलको सुरुमा टिमलाई केही गाह्रो भएको स्विकार्दै त्यसयता भने आप््mनो टिमले लय समातेको बताए । उनले भने, ‘आजको नतिजामा हामी स्वभाविक रूपमा खुसी छौं ।’ उनले मंगलबार नेपालविरुद्ध हुने खेललाई लक्षित गर्दै भने, ‘नेपालविरुद्धको खेलमा सबै आप्mनै टिमको समर्थनमा हुनेछ । हामी आशा गर्छौं, हाम्रोप्रति पनि केही समर्थन हुनेछ ।’ यस्तै बंगलादेशका प्रशिक्षक जेम्स डेले आप्mनो टिम हारका लागि पूर्ण रूपमा हकदार भएको माने ।

उनले भने, ‘आज हाम्रा कोही पनि खेलाडीले खेल्न सकेनन्, सबैको प्रदर्शन बिर्सनलयाक रह्यो । आजको कमजोर प्रदर्शनबाट हाम्रा खेलाडी शिक्षा लिनुपर्छ । आजको दिन हाम्रा लागि वास्तवमै खराब रह्यो ।’ दोस्रो खेलको विश्लेषण गर्दै श्रीलंकाली प्रशिक्ष एमएम प्याकिरालीले आप्mना लागि बराबरीको नजिजा सुखद रहेको बताए ।

यस्तै, माल्दिभ्सका प्रशिक्षक पिटर सेगर्टले आप्mनो टिमको प्रदर्शन कमजोर रहेको तथ्य स्विकार्दै जितका लागि गोल गर्नुपर्ने र यसमा आप्mनो टिम सफल रहेको बताए ।

 

 

(Visited 29 times, 1 visits today)
Loading comments...