आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

टेबलटेनिसमा श्रीलंकामाथि नेपालको जित

राजधानी समाचारदाता
2 weeks ago
03/12/2019

 

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत टेबलटेनिसको पुरुष टिम इभेन्ट्समा नेपालले लिग चरणको पहिलो खेलमा जित हात पारेको छ । लैनचौरस्थित टेनिस हलमा सोमबार भएको खेलमा नेपालले श्रीलंकामाथि ३–१ सेटको जित हात पारेको हो । अब नेपालले सेमिफाइनल प्रवेशका लागि मंगलबार माल्दिभ्सँग खेल्नेछ । नेपालबाट टिम इभेन्टमा स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य र शिवसुन्दर गोथेले सहभागिता जनाएका थिए । सोमबारै भारतले पाकिस्तान र बंगलादेशमाथि जित हात पारेको छ । दुवै खेलमा भारतले ३–० को सोझो सेटमा जित निकाल्यो । यस्तै, श्रीलंकाले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । महिलातर्फ भारतले माल्दिभ्स र पाकिस्तानलाई समान ३–० कै सेटमा पराजित गरेको छ । श्रीलंकाले महिलातर्फ बंगलादेशलाई ३–१ को सेटमा पराजित गरेको छ । भारत महिलातर्फ पनि सेमिफाइनलमा पुगिसकेको छ । महिलातर्फ नेपाली टोलीले श्रीलंकासँग ३–० सेटमा पराजित भएको छ । नेपाली महिला टोलीले भोलि बंगलादेशसँग खेल्नेछ । मंगलबार बिहान लिग चरणका बाँकी खेल हुनेछन् ।

नेपाल सेमिफाइनलमा

काठमाडौं÷रास–सागअन्तर्गतखोखोतर्फ नेपालको पुरुष÷महिला दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । राउन्ड रोविन्ड लिगको अन्तिम दिन पुरुष तथा महिला दुवैमा सेमिफाइनल समीकरण पनि तयार भएको छ । पुरुष÷महिला दुवैमा भारत, नेपाल, श्रीलंका र बंगलादेश क्रमशः शीर्ष चार स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।

(Visited 8 times, 1 visits today)
Loading comments...