आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

ट्रायथलनबाट नेपाललाई पहिलो स्वर्ण

विजय नेपाल
2 weeks ago
03/12/2019

पोखरा । सागअन्तर्गत पोखरामा सोमबार भएको ट्रायथलनअन्तर्गत महिला स्प्रिन्ट विधामा नेपालकी सोनी गुरुङले स्वर्णपदक जितेकी छन् । सो स्वर्ण १३आंै सागको पहिलो स्वर्ण हो । सोनीले निर्धारित दूरी १ घण्टा १३ मिनेट ४५ सेकेन्डमा पार गरेकी थिइन् ।

महिला इभेन्टतर्फ फेवातालमा ७ सय ५० मिटर पौडी तथा २० किमी साइकल र पाँच किमी दौड तोकिएको थियो । पुरुषतर्फ भारतका आदर्श एमएन सिनामोलले स्वर्णपदक जिते । पुरुषमा आदर्शले १ घण्टा २ मिनेट ३१ सेकेन्डमा दूरी पार गरे ।

यस्तै, १ घण्टा २ मिनेट ५९ सेकेन्डमा पार गर्दै भारतका विश्वरञ्जित साइखोम रजतपदक हासिल गर्न सफल भए । नेपालका लागि वसन्त थारूले १ घण्टा ३ मिनेट ६ सेकेन्डमा दूरी पार गर्दै कांस्य जिते ।

महिलातर्फ रजत र कांस्य दुवै भारतले हात पारेको छ । निर्धारित दूरी १ घण्टा १४ मिनेटमा पार गर्दै भारतकी सारोजिनी देवी थाउदमले रजत र १ घण्टा १४ मिनेट ५७ सेकेन्डमा दूरी पार गर्दै भारतकै प्रगन्या मोहनले कांस्य जित्न सफल भएकी हुन् ।

स्वर्ण जिते पनि दूरी पुरा गर्ने समयमा अझ राम्रो नतिजा निकाल्न नसकेको नेपालका लागि ट्रायथलनका मुख्य प्रशिक्षक युवराज सिलवाल बताउँछन् ।

फेवातालमा ३ दिनसम्म चल्ने ट्रायथलन पुरुष र महिला दुवै विधामा हुने प्रतियोगितामाअन्तर्गत नेपाल, भारत र श्रीलका गरी ३ देशका २६ खेलाडीको सहभागिता छ । ट्रायथोलन, डाइथोलन र मिक्स इभेन्टमा ५ स्वर्ण, ५ रजत र ५ कांस्य गरी १५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले १२औं सागमा मिक्स टिम रिलेतर्फ १ रजत र महिला स्प्रिन्ट विधामा १ कांस्य जितेको थियो ।

 

महिला क्रिकेटमा नेपाल विजयी

सागअन्तर्गत पोखरामा भएको महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आयोजक नेपालले पहिलो खेलमा माल्दिभ्समाथि १० विकेटको ठूलो जित निकालेको हो ।

टस जितेर ब्याटिङ रोजेको माल्दिभ्स १०.१ ओभरमा १६ रनमै समेटिएको थियो । ७ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले ११ रनमा दोस्रो र तेस्रो, १५ रनमा चौंथो,  पाँचौं, छैठौं र सातौं तथा १६ रनमा बाँकी विकेट गुमाएको थियो । माल्दिभ्सको पारिमा हम्जा नियाजले ९ तथा हाफ्सा अब्दुल्लाले ४ रन जोडिन् । बाँकी सबै खेलाडी शून्यमै आउट भए । नेपालले अतिरिक्त ३ रन दिएको थियो ।

जितका लागि १७ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले पहिलो ओभरमै विजयी लक्ष्य पार ग¥यो । मात्रै ५ बलको सामना गरेकी काजल श्रेष्ठले ३ चौका प्रहार गर्दै अविजित १३ रन जोडिन् । पाँच बल फालेकी माल्दिभ्सका बलर समा अलिले ४ अतिरिक्त रन दिएपछि नन्स्ट्राइकमा रहेकी सीता मगरले एक बल पनि सामना गर्नुपरेन । २.१ ओभरमा २ मेडनसहित बिनारन ६ विकेट लिएकी अञ्जली चन्द वमन अफ द म्याच भइन् । करुणा भण्डारीले २ ओभरमा २ विकेट लिइन् । उनले १ मेडन राख्दै ४ रन खर्चिएकी थिइन् । मंगलबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

 

(Visited 16 times, 1 visits today)
Loading comments...