आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

बागलुङ जीप दुर्घटना अपडेट : १४ मृतकमध्ये १० जनाको सनाखत, एक बेपत्ता

नवीन शिशिर
2 weeks ago
03/12/2019

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–७ घोपर्नामा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको इश्मागाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १ बालकसहित ९ महिला र ४ जना पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी गुल्मीको इश्मा-५ बस्ने वर्ष २६ को चालक रेशम थापा, दोवाटा बस्ने वर्ष ४० का बसुन्धरा कार्की, इश्मा- ५ खाढुंगा बस्ने माया थापा, नवलपरासी बर्दघाट– २ बस्ने वर्ष ६० को भुमा कार्की, बागलुङ बडिगाड ७ बस्ने वर्ष ५५ को नरमाया खत्री, गुल्मी इश्मा–४ का ४० वर्षीया सिता कार्की, इश्मा– ४ बस्ने ६५ वर्षका झवि कार्की, ४५ वर्षीय भुमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्कीको रहेका छन् । अन्य ४ जनाको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय बूर्तिवाङ्गका प्रहरी नायव निरीक्षक निरबहादुर बैद्यवारले जानकारी दिए ।

घाइते हुनेमा नवलपरासी वर्दघाट २ का १८ वर्षीय जीवन कार्की, गुल्मी इश्मा–४ वस्ने वर्ष ८ को हिमाल कार्की, र सोही स्थानमा वस्ने वर्ष २४ को निमा केसी रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा इश्मा ४ तल्लो घर बाटामुनी बस्ने ६५ वर्षको धनबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

घाइतेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएपी भविन्द्र भट्टराईले जानकारी दिए ।

(Visited 62 times, 1 visits today)
Loading comments...