बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

जिप दुर्घटना अपडेटः १४ जनाकै सनाखत, घाईतेको हेलिकप्टरवाट उद्धार

नवीन शिशिर
2 months ago
03/12/2019

बागलुङ, बागलुङको बडिगाड गाउँपालिका–७ घोपर्नामा भएको जिप दुर्घटनामा परी मृत्यु हुने १४ जनाकै सनाखत भएको छ ।
गुल्मीको इश्मा गाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसी खोलागाउँपालिका तर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जिप दुर्घटना हुँदा १ बालक सहित ९ महिला र ४ जना पुरुष जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परी ज्यान गुमानेहरुमा गुल्मीको इश्मा गाउँपालिका–४ का ३५ वर्षिय सूचना कार्की, इश्मा–५ का २६ वर्षिय चालक रेशम थापा, इश्मा–५ ४० वर्षिय बसुन्धरा कार्की, इश्मा–३ का २३ वर्षिय माया थापा, नवलपरासी बर्दघाट–२ का ६० वर्षिय नुमा कार्की रहेका छन् ।

त्यस्तै, बागलुङको बडिगाड–५ का लक्ष्मी केसी, इश्मा–४ का ४० वर्षिय सीता कार्की, ६५ वर्षिय झवि कार्की, कञ्चनपुरका ५५ वर्षिय धनबहादुर कार्की, इश्मा–४ का ४५ वर्षिय भूमी कार्की, २५ वर्षिय मिना बस्नेत, ६५ वर्षिय धनबहादुर कार्की, र सोही स्थानमा बस्ने सिता कार्कीको २ वर्षिय छोरी अनुष्का कार्कीले ज्यान गुमाएको प्रहरी नायव निरीक्षक रिनबहादुर वैद्यवारले जानकारी दिनुभयो ।

दुर्घटनामा परेका इश्मा–४ का धनबहादुर कार्की वेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता कार्कीलाई बडिगाड खोलाले बगाएको हुन सक्ने अनुमान गरिएको छ । घाईते नवलपरासी बर्दघाट–२ १८ वर्षिय जीवन कार्की, गुल्मीका हिमाल कार्की र मिना केसीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारको लागि काठमाण्डौ लगिएको छ । गुल्मीका सांसद गोकर्ण विष्ट हेलिकप्टर लिएर घटना स्थल पुग्गेका थिए ।

दुर्घटनमा पर्नेहरु बागलुङको देविस्थान बायाँखोला देवाली (कुलपूजा) मनाउन यात्रा गरेका थिए । जिप मध्यपहाडी लोकमार्गदेखि करिब ३ सय ५० मिटर तल बडीगाड नदीमा खसेको थियो ।

(Visited 2,831 times, 1 visits today)
Loading comments...