आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

सिजी धाम नजिकै आगलागी, ३० लाख बढीको क्षति

राजधानी समाचारदाता
2 weeks ago
03/12/2019

नवलपरासी । पूर्वी नवलपरासीको देवचुलीको सि जी धाम नजिकैको पसलमा आगलागी भएको छ ।

आगलागीबाट दुई ओटा पसल पुर्ण रुपमा ध्वस्त भएको छ । मंगलबार दिउँसो सि जि नजिकै रहेको देवचुली २ का तुलसी जैसीको मोटरसाइकल ग्यारेज र सोही ग्यारेजसँगै सटिएको तुलसी चौधरीको किराना पसलमा अचानक आगलागी भएको इलाका प्रहरी कार्यालय रहजरले जनाएको छ ।

आगलागीबाट दुवै पसल जलेर नष्ट भएको छ । आगो कावासोतीको दमकल, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट ३० लाख बढी क्षती भएको अनुमान गरे पनि यकिन विवरण आउँन बाँकी छ ।

(Visited 30 times, 1 visits today)
Loading comments...