आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

गुल्मीमा जेसिवि दुर्घटना हुँदा ३ जना घाइते, १ को अवस्था गम्भीर

हुमाकान्त पोखरेल
2 weeks ago
03/12/2019

गुल्मी । गुल्मीमा जेसिवि दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका ४ इन्द्रेगौडामा लु १ क २०८२ नम्बरको जेसिवि दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी धुर्कोट गाँउपालिका ४ जैसिथोकका २९ बर्षीय पदम राना, प्युठानको गौमुखि गाँउपालिका ३ बस्ने २२ बर्षीय कुमार घर्ती र अर्घाखाँचीको पाणिनी गाँउपालिका ३ का ३२ बर्षीय लक्षमण कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी मीन बहादुर घलेले जानकारी दिए ।

घाइते तीनै जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि बुटवल रिफर गरिएको छ । घर्ती र रानाको अवस्था सामान्य रहेपनि कुमालको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

(Visited 19 times, 1 visits today)
Loading comments...