आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

सप्तरीमा शारिरीक अशक्तको संख्या ६० हजार पुग्यो

एम के माझी
2 weeks ago
03/12/2019

सप्तरी, राजविराज । शारिरीक रुपमा अशक्त भई कष्टकर जिवन विताई रहेकाहरुको हक अधिकारका लागि काम गरिरहेका समावेसी अपाङ्ग संघ, बौद्दिक अपाङ्गता अभिभावक संघ र बहिरा संघ ले राजविराज नगरपालिका को सहयोगमा एक कार्यक्रम बिच शारिरीक अशक्त भएका लाई हवील चेयर तथा दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरको छ ।

२८ औ अन्तराष्ट्रिय अपाङ्ता दिवसको अवसर पारेर मंगलबार आयोजित एक कार्यक्रम्बिच प्रमुख अतिथि राजविराज नगरपालिकाकी उप प्रमुख साधना झाले शारिरीक अशक्त भएका एक बृद्धलाई हवील चेयर तथा एक दर्जन दृष्टिविहिन बालबालिकाहरुलाई झोला तथा उनिहरुले प्रयोग गर्न मिलने शैक्षिक सामाग्री प्रदान गरेको हो ।

हवील चेयर पाएपछि खुशी देखिएका राजविराज १ निवासी ६५ वर्षिय विन्देश्वर महतो ले भने ‘बल्ल घरबाट बाहिर निस्किने सपना साकार भो ।’ प्यारालाईसिसका कारण दुवै खुट्टा नचलने भए पछि विगत १० वर्ष देखि उनि घरमै थन्किरहेका छन् । कार्यक्रममा प्रमुख अतिथि झाले शारिरीक रुपमा अशक्त भएकालाई दया होइन, अवसरको खाँचो रहेको भन्दै यसका लागि नगरपालिकाले पनि श्रोत साधनले भ्याए सम्म सहयोग गर्ने धारणा व्यक्त गरे ।

उनले स्वस्थ्य शरिरका लागि व्ययाम आवश्यक रहेको भन्दै यसका लागि प्रदेश सरकार सँगको समन्वयमा छिट्टै नगरक्षेत्रमा व्ययामशाला खोल्ने गृहकार्य भईरहेको जानकारी पनि दिए । समावेसी अपाङ संघ सप्तरीका अध्यक्ष सतिश चन्द्र झाले शारिरीक रुपमा अशक्तहरुको संख्या ६० हजार पुगेको तथ्यांक सार्वजनिक गर्दै उनिहरुका लागि प्रदेश सरकारले विषेश कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैधनाथ झा, जेष्ठ नागरिक संघ प्रदेश २ का संयोजक शंकर शारदा, बौद्धिक अपाङगता अभिभावक संघका अध्यक्ष जगदिश अर्याल लगायतले पनि बोल्दै शारिरीक रुपमा अशक्त भएकाहरुको पहिचान गरि सरकारले आवश्यक सेवा सुविधा उपल्बध गराउनु पर्नेमा जोड दिएका थिए ।

यसै बिच सोही अवसर पारेर मंगलबार सगरमाथा अपाङ्ग कल्याण संघले पनि प्रभातफेरी तथा शारिरीक रुपमा अशक्त ५५ जनालाई कम्बल र भाडाकुडा वितरण गरेका छन । संघका अध्यक्ष बलदेव मण्डलको अगुवाईमा स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निस्केको ¥याली नगरक्षेत्र परिक्रमा पश्चात आयोजित कार्यक्रममा शारिरीक रुपमा अशक्त ५५ जनालाई कमबल र भाडाकुडा बितरण गरिएको संघले जनाएको छ ।

(Visited 27 times, 1 visits today)
Loading comments...