आइतवार २९ मंसिर, २०७६ (Sunday, 15th December 2019)
२९ मंसिर, २०७६ (15 December 2019)

घरसँगै जलिन ८५ बर्षिया बृद्धा

राजधानी समाचारदाता
2 weeks ago
03/12/2019

पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका–३, मेमेङमा एक बृद्धा घरसँगै जलेकी छिन् । सोमबार मध्यराती ८५ बर्षिया टंकमाया थाम्सुहाङको घर जल्दा घरसँगै उनी पनि जलेकी हुन् ।

प्रहरीका अनुसार घरमा टंकमाया एक्लै बस्दै आएकी थिइन् । आगलागि नियन्त्रण गर्न नसकिने अवस्थामा पुगेपछि मात्र छरछिमेकले थाहा पाएका थिए । जलेको घर सफा गर्ने क्रममा टंकमायाको शव पनि जलेको अवस्थामा भेटिएको पाँचथर प्रहरीले जनाएको छ । एक्लै बस्दै आएकी उनी रातभरी आगो तापेर बस्ने गरेको र सोही क्रममा आगलागि भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

(Visited 64 times, 1 visits today)
Loading comments...