बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

राजधानी समाचारदाता
2 months ago
05/12/2019

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन सस्थान मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज डिस्चार्ज भएका हुन् । उनी आज प्रधानमन्त्री निवास बालुवाटार फिर्ता भएका हुन् ।

‘सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट डिस्चार्ज हुनुभयो’, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

प्रधानमन्त्री ओलीको उपचारमा उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा अरुण सायमी, प्रत्यारोपण विशेषज्ञ प्रा डा रमेशसिंह भण्डारी, केन्द्रका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठलगायतको चिकित्सकको समूह संलग्न थियो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सेन्टरमा गई आजै प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएकी थिइन् ।

(Visited 34 times, 1 visits today)
Loading comments...