बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

सागमा नेपाललाई अहिलेसम्मकै सर्वाधिक स्वर्ण पदक

राजधानी समाचारदाता
2 months ago
05/12/2019

काठमाडौं । नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा हालसम्मकै सर्वाधिक पदक जितेको छ । नेपालले बिहीबारको खेल सकिदासम्म ३६ स्वर्ण, २६ रजत र ३४ काश्य गरी कुल ९६ पदक जितेको छ ।

नेपालले सन् १९९९ मा काठमाडौंमा नै भएको आठौं दक्षिण एसियाली खेलकुदमा ३२ स्वर्ण, १० रजत र २४ काश्य गरी ६६ पदक जितेको थियो । कराते, तेक्वान्दोले पुनर्जीवन पाउँदा नेपालले १३ औं सागमा ऐतिहासिक उपलब्धी हासिल गरेको हो ।

आठौं सागमा पहिलो पटक तेक्वान्दो र कराते समावेश गरिएको थियो । त्यसपछि नेपालले मार्शलआर्टमा सोचेजस्तो प्रगति गर्न सकेन । अघिल्लो सागमा नेपालले ३ स्वर्ण, २३ रजत र ३४ काश्य गरी कुल ६० पदक जितेको थियो ।

सन् १९८४ मा काठमाडौंबाट शुरु भएको साफ खेलकुदमा नेपालले ४ स्वर्ण, १२ रजत र ८ काश्य जितेको थियो । नेपाल चौथौ स्थानमा रहेको थियो ।

बिहीबारको खेलहरु सकिदासम्म भारत पदक तालिकाको शीर्षस्थानमा छ । भारतले ५८ स्वर्ण, ४१ रजत र १९ काश्य गरी कुल ११८ पदक जितेका छ ।

तेस्रो स्थानमा रहेको श्रीलंकाले १६ स्वर्ण, ३१ रजत, ५२ काश्य गरी ९९पदक जितेको छ । पाकिस्तानले १२ स्वर्ण, २१ रजत, २२ काश्य गरी ५५ पदक जितेको छ ।

बंगलादेशले ४ स्वर्ण, १० रजत र ४० काश्य गरी कुल ५४ पदक जितेर पाँचौ स्थानमा छ । माल्दिभ्सले १ स्वर्ण, २ काश्य गरी कुल ३ पदक जितेको छ । भुटानले ६ काश्य पदक जितेको छ ।

(Visited 64 times, 1 visits today)
Loading comments...