शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

अष्ट्रेलियामा नेपथ्यको जगजगी किन यस्तो ?

राजन घिमिरे
2 months ago
06/12/2019

सिड्नी । झट्ट हेर्दा बैरागी अनुहार । कुनै कृत्रिम लिपपोत र मेकअप छैन । उनी जस्तो छन, त्यस्तै देखिन्छन । पावरवाला चस्मा,फूलेको दाह्री र फूलेकै कपाल । आफ्नै शैली अनि आफ्नै उपस्थिति र आफ्नै बिशेषता । कुनै तडक भडक छैन । सहज र सरल ब्यबहार पनि । गजबकै छन गायक अमृत गुरूङ ।

देश तथा बिदेशमा कार्यक्रम गर्न कसैले प्रस्ताव राख्यो भने उनको समूहको आफ्नै योजना,माग र उपस्थिति हुने गर्छ । आफ्नो प्रस्तुतिका लागि हलदेखी साउण्ड सिस्टमसम्मको अध्ययन पश्चात मात्र यो समूह कार्यक्रम प्रस्तुत गर्न तयार हुने गर्छ ‘हामी हाम्रा प्रशंसकहरूको अगाडी ऊभिन होइन, उहाँहरुको मनभित्र पसेर उहाँहरूबाट स्याबासी लिन आतुर हुन्छौ । यसका लागि हरेक पक्षबाट हामी तयार त हुनु पर्यो नि ’ अमृतले भने ।

निकै संबेदनशिल छ यो समूह । देश तथा बिदेशबाट असंख्य अफरहरू आउंछन तर, यो समूह फुटेर होइन जुटेर नै कार्यक्रम प्रस्तुत गर्न पुगिरहेको हुन्छ । त्यसैले त नेपाली सांगितिक ब्याण्डहरुको यात्रामा नेपथ्यको आफ्नै वजन,वाहवाही र उपस्थिति छ ।

आफ्नो यही बिशेषता र शैलीकै कारण पनि नेपथ्यलाई अरूभन्दा फरक, वजनदार र महत्वपूर्ण सांगितिक समूहको रूपमा लिइने गरिन्छ । यही नेपथ्य यतिबेला छ अष्ट्रेलियाको यात्रामा । करिब दुई हप्तादेखी अष्ट्रेलियाको सांगितिक यात्रामा रहेको नेपथ्यलाई नेपाली टचले अष्ट्रेलिया ल्याएको हो । अष्ट्रेलियाको ब्रिसबेन, डार्बिन र एडिलेटमा नेपथ्य गुन्जिसकेको छ भने अब आइतबार तासमानियाको होबार्ट र १४ तारेखका दिन सिड्नीको लुना पार्कमा र त्यसपछी मेलबर्नमा रहेका नेपालीहरूमाझ गुन्जने छ नेपथ्य ।


नेपथ्यको अष्ट्रेलिया यात्रा यो पांचौ पटक हो । पांचौ पटकसम्म आउंदा पनि अष्ट्रेलियामा रहेका सांगितप्रेमी नेपालीहरूको न्यायो आतिथ्यता र सम्मान देखेर नेपथ्य नतमस्तक नै देखिन्छ । नेपाली सांगितिक यात्रामा लामो यात्रा पार गरेको यो ब्याण्ड र यसको प्रस्तुति जति हेरे पनि ताजा लाग्ने प्रतिक्रिया दिने नेपालीहरूको मन र भाबनाबिच मेल खाएको छ ‘नेपथ्य नेपाली सांगितिक ब्याण्डको एउटै ब्राण्ड र सिग्नेचर हो । ब्राण्ड जति पुरानो भयो उत्ति नै वजनदार र मूल्यबान हुन्छ । यस्तै हो नेपथ्य’ नेपाली टचका राज के गोश्वामी र दिपेश पुनले भने । सिड्नीमा आयोजना हुने यो कार्यक्रमको एक्सपर्ट ऐजुकेसन एण्ड भिसा सर्भिसेस मुख्य प्रायोजक र इनोभेटिब एसोसियट सह प्रायोजक रहेको छ ।

राष्ट्रियदेखी लोक हुंदै आधुनिकसम्मका गित संगीतको प्रस्तुतिमा माहिर मानिएको र वाहवाही पाएको नेपथ्यको यो समूहमा १२ जना छन । जहाँ र जता गए पनि यो समूह न त फुटेको छ , न त तोडिएको नै छ । यो समूहले लामो समयदेखी एकता र आत्मिएताको उदाहरण पनि प्रस्तुत गरिरहेको छ।

गाउँ गाउँबाट उठ्न जागरूक गर्दै चरि मर्यो सिसाको गोलीले भन्दै हुस्सु र कुहिरोले देउराली डाँडा छेकेको कुरा गीत संगीत मार्फत प्रस्तुत गर्ने यो समूहको उपस्थिति आँखामा राख्दा पनि नबिझाउनु नै बिशेषता होइन र ?

(Visited 215 times, 1 visits today)
Loading comments...