बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

सुन्तला बिक्रीवाटै ४० लाख आम्दानी, सिसिक्यामेरावाट निगरानी

अन्जनराज न्यौपाने
2 months ago
06/12/2019

तनहुँ । बाँझो पाखामा हिमाल प्रस्ट देखिने स्थान भए पुग्ने, एक पटक रोपेर मल, जल गरेपछि समय ,समयमा किट्नाषक औंषधी राखिदिए फस्टाउने फलको रुपमा चिनिन्छ सुन्ताला । सुन्तला खेतीवाटै मनग्यै आम्दानी भएको महसुस् गरेका छन् तनहुका किसानले ।

अहिले उनीहरुको वार्षिक आम्दानीको बलियो स्रोत बनेको छ आफ्नै बाँझो बारीमा फलेको सुन्ताला । बार्षिक लाखौं रुपैयाँ बटुलेका तनहुँका कृषक यसपालि पनि अन्य काम छाडेर सुन्तला खरिद बिक्रीमा ब्यस्त छन् ।

कात्तिकपछि तनहुँका कृषकहरुलाई सुन्तला विक्री वितरणमा भ्याई नभ्याई भएको छ । कर्म गरे फल अवश्य मिल्छ भन्ने उदाहरण तनहुँका कृषकहरू बनेका छन् ।

तनहुँ स्थित म्याग्दे गाँउपालिका –२ खानीगाँउका पौरखी कृषक विश्वबहादुर अधिकारीले यस बर्ष सुन्तला विक्रीबाट ४० लाख कमाए । उनका भाई निर्मल अधिकारीले १८ लाख आम्दानी गरेको बताए ।

किसान मारमा छन्

कृषक अधिकारी भन्छन् ‘सुन्तलामा ग्रिनिङ भईसर ठुलो चुनौती बनेको छ । सुन्तलाको उचित संरक्षण र ब्ब्यबस्थापन नहुँदा अधिकांश भूभागमा सुन्तलाको बोट जरैदेखि मरेर जाने समस्या छ ।’

बोटका डाँठ र पातमा भाईरसको प्रकोप भए नभएकोप्रति कृषक चनाखो हुनु पर्ने उनको भनाई छ । सोही गाँउपालिकाका सुकनारायण श्रेष्ठले आफ्नो ४० रोपनी क्षेत्रफलमा ८ सय ७५ वटा सुन्तलाको बोटबाट ५० लाख भन्दा बढस्ीको सुन्तला विक्री गरेको बताए ।

उनले दुई वर्ष अघि ३७ लाखको सुन्तला विक्री गरेका थिए भने गत बर्ष ३१ लाखबराबरको सुन्तला विक्री गरेका थिए । यस बर्ष भने मौसम अनुकूल हुँदा १९ लाख बढी कमाई गरेको बताए ।

बोटबाटै चोरी हुन्छ

सुन्तला बगान आसपासका स्थानहरुमा घरहरु पातला भएका कारण पटकपटक सुन्तला बोटबाटै चोरी हुने भए पछि श्रेष्ठले सिसिक्यामेरा राखेका छन् । ‘सबैतिर नजर पुर्याउन सकिँदैन सिसिक्यामेरा राखेपछि हेरविचारमा सहज भएको छ ।’ उनले भने ।

(Visited 68 times, 1 visits today)
Loading comments...