बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

राजेन्द्र महतोको छोराको बिहे काठमाडौंको रैथाने नेवार परिवारसंग

सुजीतकुमार झा
2 months ago
06/12/2019

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महताको छोराकोे बिहे काठमाडौँका रैथाने नेवार समुदायमा भएको छ । बुधवार होटेल हिमालयमा काठमाडौँको डिल्लीबजार बस्ने प्रकाशकाजी तुलाधरकी छोरी पलिशा तुलाधारसँग महतोको छोरा राघवेन्द्र महतोको विवाह भएको छ ।

मैथिली परम्परा अनुसार भएको सो विवाहमा पहाडी र मधेशी दूबै समूदायका व्यक्तिहरु सहभागि थिए । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मारवाडी समुदायमा प्रचलित फेटा बाँधेको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।
फेटा लगाएको तस्वीर पोष्ट गर्दै उनले लेखेका छन, ‘राजपा नेता राजेन्द्र महतोका सुपुत्र राघवेन्द्र महतोको काठमाडौंकी सुश्री पालिशा तुलाधरका साथ सुसम्पन्न शुभ विवाहमा पहाड र मधेसको संस्कृतिको रोचक फ्युजन !’

महतोमाथि काठमाडौंमाथि नाकाबन्दीमा सबैभन्दा बढी भूमिका निर्वाह गरेको आरोप लाग्ने गरेको छ । आफूलाई कट्टर मधेशवादी नेताको छबी बनाएका महतोको छोराको विहेको अहिल चर्चाको विषय बनेको छ ।

(Visited 732 times, 1 visits today)
Loading comments...