बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

सरकारी रकम दुरुपयोग : खाल्टो तयार नहुँदै, कागती रोप्ने शीर्षमा रकम प्रदान

हुमाकान्त पोखरेल
2 months ago
06/12/2019

गुल्मी । गुल्मीमा एक आयोजनाको काम सम्पन्न नभइकनै भुक्तानी गरिएको पाइएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ स्थित ढुङ्गेदेउराली वागवानी उपभोक्ता समुहलाई पुरा काम नै नगरी भुक्तानी गरेको पाइएको हो ।

ढुङ्गेधारामा कागति खेतीको लागि आ.व. २०७५÷७६ मा ५ नम्बर प्रदेशको भूमि, व्यवस्था तथा कृषि मन्त्रालयद्धारा कागति खेतीको लागि १३ लाख ३२ हजार ६५० र छत्रकोट गाउँपालिकाबाट दुई लाख ३४ हजार ७७६ गरी कुल १५ लाख ५६ हजार ४२६ रुपैँया विनियोजन भएको थियो ।

त्यसरी विनियोजन गरिएको बजेटको २०७६ असार मसान्तभित्र सबै काम सकिसक्नुपर्ने हो । तर मन्त्रालय र गाउँपालिकाले आयोजनाको कामको अनुगमन र मुल्याकंन समेत नगरी नक्कली कागजपत्र बनाएर काम पुरा नभएको योजनाको भुक्तानी दिएको प्रमाणित भएको छ ।

उक्त आयोजनाको आर्थिक बर्ष सकिएको पाचँ महिना सकिसक्दा पनि सम्झौताअनुसारको काम भने हुन सकेको छैन् । अहिले कागती खेतीको लागि भन्दै ढुङ्गेधाराको खालि जमिनमा खाल्डा पारिएको छ । सुरुको चरणमा २५० कागतिका विरुवा रोपेपनि अहिले केहि मात्र जिवित छन् । विरुवाको लागि अपनाउनुपर्ने कुनै पनि संरक्षणको उपाय नअपनाउदा रोपेका विरुवा समेत मर्न थालेका छन् । भने कतिपय विरुवा गाईवस्तुले खाएका छन् । अहिले जिवित र मरेका विरुवाका सङ्ख्याबारे उपभोक्ता समिति पनि अनविज्ञ छ ।

खानेपानीको ट्याङ्किमा दुईपटक तारबार

ढुङ्गेधाराको माथि देउरालीमा एउटा सिमेन्ट पोखरी निर्माण गरिएको छ । जहाँबाट कागति खेतीको लागि आवश्यक सिँचाई हुनेछ । तर अचम्मको कुरा के छ भने पोखरीमा पनि दुईपटक तारबार गरिएको छ । सुरुमा पोखरीभन्दा करिब एक मिटरको दुरीमा पोखरीपरिवरि काँडे तार लगाइयो । तर पछि मदिरा सेवन गरेका युवाहरुले भाँचेको भन्दै पहिलेको भन्दा केहि नजिकबाट पोखरीलाई तारबार गर्न थालिएको छ । पछिल्लो पटक तारबार गर्दा लाग्ने खर्च कारवाहिमा परेको युवाहरुले दिने सहमति भएपनि बालबच्चालाई भने दुर्घटनाको जोखिम बढेको छ ।

खानेपानी कागतिको सिँचाईमा

त्यस गाउँमा अझै पनि खानेपानीको निकै अभाव छ । स्थानीयले खानेपानी लिनको लागि घण्टौ धाउनुपर्छ । गाउँको प्रमुख आवश्यकता खानेपानी पु¥र्याउने हो । तर गाउँका अगुवा प्रदेश सरकार र गाउँपालिकाको अनुदान कागति खेतीको नाममा ‘वालुवामा पानी खन्याए’ सरह बनाइरहेका छन् । ‘खानेपानी लिन घण्टौ धाउनुपर्छ, गाउँमा बिनाप्रतिफलको कागती खेतिको लागि पोखरी बनाइदैँ छ ।’ स्थानीय उमकला न्यौपानेले भनिन्, ‘खानेपानीले प्राथमिकता पाउनुपर्नेमा सिँचाईले प्राथमिकता पाएको छ ।’ त्यसका साथै उनले कागति खेती सोचेजस्तो राम्रो नभएकोले सरकारको रकम दुरुपयोग भएको बताइन् ।

समितिका पदाधिकारी नै बेखबर

उपभोक्ता समितिमार्फत गरिने कुनै पनि योजनाको काम गर्दा त्यस उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षबीच अनिवार्य समझदारी हुनुपर्छ । तर त्यस आयोजनामा भइरहेको प्रगती विवरण तथा प्राप्त भएको बजेटबारे उपभोक्ता समितिका अध्यक्षबाहेकका पदाधिकारी बेखबर छन् ।

वागवानी समितिका सचिव चुरा बहादुर कुँवरले आयोजनामा आएको बजेटको स्रोत नै आफुलाई थाहा नभएको बताए । ‘गाउँपालिका र प्रदेश सरकारले १५÷१५ लाख दिएको हो भन्ने सुनिन्छ, वास्तविकता कसैले भन्दैनन् ।’ उनले भने, ‘सबै काम समितिका अध्यक्षले गर्नुहुन्छ, हामिलाई पत्तै हुँदैन ।’ उपभोक्ता समितिका अध्यक्ष विष्णु पौडेलले प्रदेश र गाउँपालिकाबाट विनियोजित रकम सबै भुक्तानी लिएको बताए ।

थोरै काम बाँकि भएपनि धेरै काम पूर्ण गरिएको उनले बताए । अहिले पनि समितिको खातामा एकलाखभन्दा बढी रकम बचत रहेको र आफुले समितिका सबै पदाधिकारीहरुसँग समन्वय गरेर काम गरेको उनको भनाई छ ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले काम सम्पन्न भएपछि नै भुक्तानी हुनुपर्ने बताए । उपभोक्ता समिति गठन भइसकेपछि त्यसले गरेको काम अनुगमन समिति र मूल्यांकन समितिले निरिक्षण गरिसकेपछि मात्र भुक्तानी हुनुपर्नेमा आफु सहमत रहेको उनले प्रतिक्रिया दिए । वागवानीमा भएको अनियमितताबारे पनि आफ्नो ध्यानाकर्षण भएको उनको भनाई छ ।

(Visited 58 times, 1 visits today)
Loading comments...