शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

नेमकिपाले घे-यो भारतीय दुतावास

राजधानी समाचारदाता
2 months ago
09/12/2019

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले कालापानी र लिपुलेक अंकित भारतीय नक्सा खारेजीको माग सोमबार वृहत जुलुस प्रदर्शनका साथ भारतीय दुतावास घेराउ गरेको छ ।

भारतद्वारा नेपाली भूमी अतिक्रमणको विरुद्धमा नाराबाजी गर्दै नेमकिपाले रत्नपार्कदेखि लैनचौरसम्म विरोध प्रदर्शन गरेको हो ।
भारत सरकारको नेपालप्रतिको बलमिचाइको कारण दुई देशवीचको सम्वन्धमा गतिरोध भइरहेको र अतिक्रमित भूमी तत्काल फिर्ता दिनुपर्ने भन्दै नेमकिपाले दुतावासमा ज्ञापनपत्र समेत बुझाएको थियो ।

नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले ज्ञापन पत्र बुझाउँदै नेपाल र बेलायती–भारतबीच सन् १८१६ मा भएको सुगौलीसन्धीअनुसार महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरादेखि पश्चिमसम्मको भाग नेपालको भएको धारणा राखे । ज्ञापन पत्र बुझ्दै भारतीय दुतावासका द्वितीय सचिव डा.अजय कुमारले नेपाली जनताका माग र धारणाहरुका बारेमा आफुहरु जानकार भएको बताए । सीमा विवादको समस्या आपसी छलफलमा टुँग्याउनुपर्ने बताउँदै ज्ञापनपत्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पु¥याउने धारणा राखे ।

धर्ना कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले नेपाली भूमी लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत भारतमा गाभेर तयार गरिएको नयाँ नक्सा अविलम्व खारेज गर्नुपर्ने धारणा राखे । उनले भने,‘ नेपालको सुस्तालगायत ७२ भन्दा वढी ठाउँमा भारतद्वारा अतिक्रमित ६० हजार हेक्टरभन्दा वढी नेपाली भूमि फिर्ता हुनुपर्छ ।’

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सृजना र्सैजूले नेपालको सीमानामा भारतले जबर्जस्ती रुपमा बाँध र ततबन्ध बनाइ वर्षेनी नेपाली भूमी डुबान र जनधनको क्षति भइरहँदा पनि नेपाल सरकार चुप लागेर बसेकोमा आपत्ति प्रकट गरिन् । उनले भनिन्,‘यो सरकार भारतको गुलामी गर्न बसेको हो कि नेपाली भुभाग र सार्वभौमसत्ताको जगेर्ना गर्न बसेको ?’

दुतावास घेराउ गर्दै भारतीय हस्तक्षेप बन्द गर, भारतको नक्सा खारेज गर, कालापानी हाम्रै हो, लिपुलेक पनि हाम्रै हो, लिम्पियाधुरा हाम्रो हो, सुस्ता पनि हाम्रै हो, भारतीय सेना कालापानी छोड लगायतका नारा लगाइएको थियो ।

(Visited 1,676 times, 1 visits today)
Loading comments...