बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

रूपन्देही र कपिलवस्तुका ८ इट्टा उद्योग बालश्रममुक्त

प्रकाश आचार्य
2 months ago
11/12/2019

बुटवल । रूपन्देही र कपिलवस्तुका आठ इट्टा उद्योगले बालश्रममुक्त गर्न सफल भएका छन् । तीमध्ये कपिलवस्तुमा ७ र रूपन्देहीका १ उद्योग रहेका छन् । लम्की इट्टा उद्योग, बुद्ध इट्टा, आरसी इट्टा, बौद्ध, एपोला, हिमाल र जैसवाल कपिलवस्तुका छन् भने रूपदेहीको सोना इट्टा उद्योग रहेको छ ।

त्यस्तै चार वटा इट्टा उद्योग बालश्रम मुक्त गर्न प्रमाणीकरण भएका छन् । सिद्धार्थ इँट्टा रूपन्देही र समृद्धि इट्टा, एनएसएस र सेभेन स्टार इट्टा उद्योग रहेका छन् । इट्टा उद्योगमा बालश्रममुक्त बनाउने अभियानमा काम गर्दै आएको ‘नेपाल ग्लोबल फेयरनेश इनिसियटिभ’ द्वारा मंगलबार रूपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा प्रदेश नम्बर पाँचका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले सम्मान गरे । इट्टा उद्योगमा सबैभन्दाधेरै बालश्रमिकहरू प्रयोग भएको विभिन्न अध्ययनहरूबाट देखिएको छ । प्रदेश नम्बर पाँचमा २ सय ५९ इट्टा उद्योगहरू सञ्चालनमा छन् । उद्योगहरूमा सयौ बालश्रमीकहरूले काम गरिरहेका छन् ।

सो अवसरमा बोल्दै मन्त्री गिरीले इट्टा उद्योगमा काम गर्ने मजदुरहरूको आर्थिक अवस्था मजबुद्ध बनाउन सकेमा बालश्रम अन्त्य हुँदै जाने बताए । त्यसको लागि प्रदेश सरकारले पनि काम गरिरहेको बताए । मन्त्री गिरीले कानून बनाएर सबै क्षेत्रमा रहेका बाल मजदुरहरूलाई श्रममा नलगाउने गरी काम गर्ने अभियानमा सरकार अगाडि बढेको समेत प्रष्टाए ।

त्यस्तै कार्यक्रममा प्रदेश नम्बर पाँचका अर्थ उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानले बालश्रम अन्त्य गर्न सबैको साथ र सहयोगले मात्र सम्भव हुने बताए । त्यस्तै प्रदेश सांसद पुष्पा थरूनीले कानून फितलो हुँदा बालश्रम अन्त्य गर्न अफ्टयारो भएको बताइन् । नेपालका इट्टा उद्योगमा २ लाख ५० हजार मजदुरहरू कार्यरत छन् । त्यसमा भारतीय मजदुरहरू पनि रहेका छन् ।

ग्लोबल फेयरनेश इनिसिएटिभको सहयोग, नेपाल गुडविभ फाउण्डेशन र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपाल, उद्योगी व्यवसायीको संयुक्त साझेदारीमा संचालित परियोजनाअन्तर्गत इट्टा उद्योगलाई बालश्रमरहित उद्योग बनाउन सफल भएको बताइएको छ । प्रदेश नं.५ को कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्ला कार्यक्षेत्र रहेको परियोजनाले १८ वटा इट्टा उद्योगमा काम गर्दछ । ती इट्टा उद्योगमा परियोजनाले कामदारको हक अधिकार सुनिश्चित गर्न स्थानीय सरकार तथा उद्योग व्यवसायीसँग समन्वय गरेर बालश्रमरहित इट्टा उद्योगको रुपमा रुपान्तरण गर्ने अभियान सञ्चालन गरेको छ ।

कार्यक्रम संयोजक दुर्गा अर्याल, शंकर पाण्डेल इट्टा उद्योगमा बालश्रमको अवस्थाको प्रस्तुतिकरण प्रस्तुत गरेका थिए । कार्यक्रमा चार जना पत्रकारहरु, हरिश ढकाल, रेनुका गिरी, हरि अधिकारी र मनोज पौडेललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा बिबिएनका अध्यक्ष डा. नारायण घिमिरे, इट्टा उद्योगी डम्बर शर्मालगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार सन्जु पौडेलले गरेकी थिइन् ।

(Visited 65 times, 1 visits today)
Loading comments...