शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

सरकारद्धारा पप्पुका दुई ठेक्का रद्ध

राजधानी समाचारदाता
1 month ago
11/12/2019

काठमाडौं । सरकारले विवादित पप्पु कम्पनीले निर्माणको जिम्मा लिएर समयमा काम सम्पन्न नगर्ने दुई वटा ठेक्का रद्ध गरेको छ । सडक विभागअन्तर्गत हुलाकी राजमार्ग योजना कार्यालयले हुलाकी राजमार्गअन्तर्गतको दुई पुलको ठेक्का सम्झौता तोडेको हो ।

कार्यालयले हुलाकी राजमार्गअन्तर्गत भैरहवा लुम्बिनी सडक अन्तर्गतको लिनाउखोला पुल र सोही सडक खण्डको डोण्डा पुलको निर्माण ठेक्का रद्द गरेको हो ।

हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले बुधबार सूचना जारी गरेर ठेक्का सम्झौता रद्द भएको जनाएको छ ।

(Visited 253 times, 1 visits today)
Loading comments...