शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

सिड्नीमा गुन्जने भए दिनेश अधिकारी

राजन घिमिरे
1 month ago
12/12/2019

सिडनी । नेपाली गीत संगीत र साहित्य क्षेत्रमा दिनेश अधिकारीको आफ्नै बिशिष्ट पहिचान छ । कबिता र गित लेखनमा प्रिय र उच्चकोटीको सर्जकको रूपमा स्थापित अधिकारी यसै साता सिड्नीमा गुन्जने भएका छन ।

मदन पुरस्कार प्राप्त अधिकारीको आइतबार, डिसेम्बर १५ तारेखका दिन सिड्नीको रगडेलमा रहेको एभरेष्ट तन्दुरी फंसन सेन्टरमा एकल कबिता बाचन हुने भएको छ । यो कार्यक्रमको आयोजना अन्तराष्ट्रीय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाले गरेको हो ‘ म कार्यक्रममा केही पुराना अनि केही नया सृजनाहरू प्रस्तुत गर्ने छु । यहाँ बहानामा सिड्नीमा रहनु भएका नेपालीहरूसंग पनि भेट्न पाईएको छ । आजोजक साथीहरूलाई धन्यबाद ’ कबि एबं गीतकार दिनेश अधिकारीले भन्नु भयो ।

दिनेश अधिकारी जस्ता बिशिष्ट स्रष्टाको सृजना सुन्नबाट सिड्नीबासीहरूलाई बन्चित नहुन र कार्यक्रममा सहभागिता जनाउन आयोजकका तर्फबाट महेश्वर शर्माले आग्रह गर्नु भएको छ ।

(Visited 43 times, 1 visits today)
Loading comments...