शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

काठमाडौं उपत्यकामा पानी पर्यो, चिसोले जनजीवन प्रभावित

राजधानी समाचारदाता
1 month ago
13/12/2019

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज (शुक्रबार) विहान काठमाडौं उपत्यकामा हल्का पानी परेको छ । पानी परेकाले काठमाडौं उपत्यकामा चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली भई विभिन्न स्थानमा भारी हिमपात तथा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा आज देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना उल्लेख छ । बुलेटिनमा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुने र मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भूभाग मध्यमसम्म हिमपात हुने जनाइएको छ ।

महाशाखाका मौसमविद् राजु प्रधानांगले आज बिहानैदेखि मौसम बदली भएकाले वर्षा तथा हिमपातको सम्भावना रहेको बताए ।

मौसमविद्का अनुुसार बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले नेपालमा मौसम बदली, हिमपात र वर्षा गराएको हो ।
भोलि (शनिबार)देखि भने पश्चिमी वायुको प्रभाव बिस्तारै कमजोर हुने मौसमविद्को अनुमान छ ।

तीन दिनसम्मको मौसमी अनुमान #माैसम पूर्वानुमान महाशाखाद्वार जारी

मंसिर २७ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमी भूभागका केही स्थानमा हावाहुरी आउने पनि सम्भावना छ।

राति : देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थान साथै मध्य तथा पूर्वका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

मंसिर २८ गते (शनिबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

मंसिर २९ गते (आइतबार)
दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी थोरै स्थानमा साथै मध्य तथा पूर्वका पहाडी भूभागमा हल्का वर्षा हुने सम्भावना छ। हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

राति : देशको पश्चिमी पहाडी आंशिकदेखि सामान्य बदली साथै मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ। हिमाली भूभागमा हल्का हिमपात हुने सम्भावना छ।

(Visited 235 times, 1 visits today)
Loading comments...