शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

गजित विष्ट रावणको भुमिकामा (भिडियाेसहित)

राजधानी समाचारदाता
1 month ago
13/12/2019

काठमाडौं । अभिनेता गजित विष्ट रावण बनेका छन् । रचनाकार मनिष वशिष्टको शब्द रहेको रावण स्तुतिगानमा उनी रावण बनेका हुन् । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी रावण गीत सार्वजनिक गरिएको छ । गीतमा मनिष वशिष्ठ र सजन न्यौपानको स्वर तथा उनीहरूकै संगीत रहेको छ ।

‘रावणमा धार्मिकग्रन्थमा उल्लेख भएअनुसार लंकाका राजा रावणको तारिफ गर्दै तयार पारिएको छ । रावणलाई आमजनमानसमा नकारात्मक पक्षको मात्रै जानकारी भएको कारण उनीलाई नकारात्मक दृष्टीले हेर्ने गरिन्छ, तर यस गीतमा रावण भित्रका सकारात्मक पक्षको चित्रण गरिएको छ ।

अहो रूपमहो धैर्हमहोत्सवमहो द्युतिः।
अहो राक्षसराजस्य सर्वलक्षणयुक्तता।।

अर्थात्, रावणलाई देख्नासाथ राम मुग्ध भए र भने, ‘रूप, सौन्दर्य, धैर्य, कान्तिले सर्वलक्षणयुक्त हुँदा हुँदै पनि यदि रावण भित्र अधर्म बलवान हुँदैन थियो भने उनी देवलोकको पनि स्वामी बन्ने थिए सायद ।

यही श्लोकमा रहेर रचनाकार वशिष्ठले तयार गरेको गीतको कलात्मक भिडियो पनि सार्वजनिक गरिएको छ ।

गीतको मर्म अनुसार तयार भिडियोको निर्देशक गम्भीर बिष्ट रहेका छन् ।

(Visited 48 times, 1 visits today)
Loading comments...