शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

जुम्लाका २१ बस्ती छाउगोठ मुक्त घोषणा

शुभाकर विश्वकर्मा
1 month ago
13/12/2019

जुम्ला । कर्णाली लगायतका जुम्लामा अहिले पनि छाउपढी सामाजिक समस्याका रुपमा रहेको छ । महिनावारी भएको समयमा घरभित्र बसेमा देउता रिसाउछन् भन्ने अन्धविस्वासका कारण अहिले पनि छाउपढी विद्यामान छ ।

समाजमा जरो गाँडेर रहेको छाउपढी प्रथा न्युनिकरण गर्नको लागि सरकारी तथा गैसरकारी तवरबा प्रयास भइरहेका छन् । सोही अभियानको क्रममा जिल्लामा रहेका आठ वटा स्थानीय तहमा रहेका २१ वटा बस्ती छाउगोठ मुक्त घोषणा गरिएको छ । जिल्लामा २०७३ बाट थालिएका छाउगोठ मुक्त अभियान अभियान अन्र्तगत २१ वटा बस्तीलाई छाउगोठमुक्त घोषणा गरिएको हो ।

उक्त गरियोजना पहिलो चरणमा दुई स्थानीय तहमा सञ्चालन गरिएको थियो । तिला र पातारासी गाउँपालिकाका अध्यधिक छाउ मान्ने बस्ती छाउगोठ मुक्त भएका हुन् । अहिलेसम्म तिला गाउँपालिकाको वडा नम्बर तीनस्थित दानीबाडा,सार्किबाडा, हितानबाड ार कठायतबाडा छाउगोठ मुक्त भएका छन् ।

यस्तै पातारासी गाउँपालिकाका लुम र भोडेगाँउ स्थनीय तहको सहयोग र सर्वोदय नेपाल जुम्लाको सहजीकरणमा घोषणा गरिएको हो । यस्तै अहिले तातोपानी गाउँपालिका वडा नम्बर ६ को रावतबाडा, वडा नम्बर ५ को लाम्रा बस्ती र वडा नम्बर चारको जैतपुर र गौतमबाडा छाउगोठमुक्त भईसकेका छन् ।

यस्तै जिल्ला सिंजा क्षेत्रमा पर्ने तीन वटा गाउँपालिका आधा दर्जन बढी बस्तीलाई छाउगोठ मुक्त गरिएको छ । यसबाट २१ बस्ती,१ हजार ७ सय ४० घरधुरी लाभान्वित भएको सामाजिक अभियान्ता कमल खत्रीले जानकारी दिए । उनका अनुसार ८ हजार ७ सय ८९ व्यक्तिहरुले छाउगोठ उन्मुलन सम्बन्धि घोषणा गरेका छन् ।

जुम्लामा लामो समयदेखि विभिन्न सामाजिक सस्थाहरुले उक्त अभियान सञ्चालन गर्दै आएका छन् । तर घोषणा पछि भने कार्यान्वयनको लागि ध्यान नदिने गरेको गुनासो समेत आउने गरेको छ । तातोपानी गाउँपालिका वडा नम्बर ६ का स्थानीय आशिष रावत घोषणा पछि सस्थाहरु गाउँ मै नफर्किने समस्या रहेको बताउँछन् । उनी भन्छन्, ‘एनजिओ आउछन्, घोषणा गर्छन् तर कहिल्यै फर्किदैनन् ।’ जिल्लामा यस्ता थुप्रै यस्ता बस्तीहरु छन् । ती बस्तीमा अहिले पनि छाउपढि मान्दै आएका छन् । यसमा स्थानीय तहले पनि ध्यानदिनु पर्ने आवश्यकता रहेको उनको भनाई छ ।

(Visited 53 times, 1 visits today)
Loading comments...