शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

धनुषा बम विस्फोट : घटनामा संलग्न भएको आशंकामा ३ जना पक्राउ

राजधानी समाचारदाता
1 month ago
14/12/2019

धनुषा । धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरी भएको बिस्फोटको घटनामा संलग्न रहेको आशंकामा २ महिला र १ पुरुषसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जाकारी दिएको छ ।

पक्राउ पर्नेमा ५१ वर्षीया सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीया ललिता महरा र रामसोभित साह रहेका छन् । पक्राउ परेका ३ जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

साथै बम विस्फोटको घटना छानबिनका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन भएको छ। प्रहरीले उक्त घटना विप्लव समूह गराएको आशंका गरेको छ ।

गए राति भएको विस्फोटमा परी नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन स्थानीय घाइते भएका थिए ।

शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा राजेशकी श्रीमती शौचका लागि उठेका बेला केही झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुण्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको थियो ।

(Visited 99 times, 1 visits today)
Loading comments...