बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

सुदूरपश्चिम प्रदेशले साग पदकका विजेतालाई पुरस्कार दिने

दीपक ओली
1 month ago
14/12/2019

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता सुदूरपश्चिम प्रदेशका खेलाडीहरूलाई पुरस्कार दिने घोषणा गरेको छ ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १३ औं सागमा स्वर्ण पदक बिजेतालाई एक लाख, रजत पदक बिजेतालाई ५० हजार तथा कास्य पदक विजेतालाई ३० हजार रुपैयाँ पुरस्कार दिने बताए ।

नेपाल एथलेन्टिक्स संघका बरिष्ठ उपाध्यक्ष तेजेन्द्र थापाका अनुसार सुदूरपश्चिम घर भएका सात जना खेलाडीले नेपालका लागि ११ स्वर्ण, १६ रजत र १५ कास्य जितेका छन् । ती मध्ये विगतदेखि सुदूरपश्चिम प्रदेशका लागि खेल्दै आएका खेलाडी भने संगीता धामी (कुस्ती) मात्रै हुन् । बाँकी छ जनाले विभिन्न विभागीय टीमबाट खेल्दै आएका छन् ।

सागमा चार स्वर्ण, दुई रजत र तीन कास्य पदक विजेता पौडी खेलाडी गौरिका सिंहको पुख्र्यौली घर कञ्चनपुर भए पनि उनी नेपाल आर्मीबाट खेल्ने गरेकी छन् । त्यस्तै, दुई स्वर्ण पदक विजेता खेलाडी आइशा शाक्य बरिष्ठ तेक्वान्दो खेलाडी दिपक बिष्टकी श्रीमती हुन् ।

त्यस्तै, एक÷एक स्वर्ण विजेता वीरबहादुर महरा (डोटी), गोपीचन्द्र पार्की र किरण बोगटी (कैलाली) तथा हिमाल टमट्टा (कञ्चनपुर) ले पनि विभिन्न विभागीय टीमबाट खेल्ने गरेका छन् ।

(Visited 66 times, 1 visits today)
Loading comments...