बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

प्याब्सन सिन्धुको खेल महोत्सव सम्पन्न, प्रगती बोर्डिङ उत्कृष्ट

दिनेश थापा
1 month ago
14/12/2019

सिन्धुपाल्चोक । निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन(प्याब्सन) सिन्धुपाल्चोकको आयोजनामा सुरु भएको सिन्धु खेलकुद महोत्सव शनिबार सम्पन्न भएको छ ।

लामोसाँघु स्थित बसन्तपुर खेलमैदानमा सुरु भएको खेल महोत्सवमा प्याब्सन आवद्ध जिल्लाका नौ माध्यमिक विद्यालयहरुको सहभागीता रहेको थियो । विभिन्न खेलकुद प्रतियोगीतामा उत्कृष्ट हुने खेलाडी तथा विद्यालयहरुलाई प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले पुरस्कार वितरण गरेका थिए ।

खेलकुद महोत्सवको समापनमा भएको फुटबल तर्फको फाइनल खेल प्रगती बोर्डिङ मेलम्ची र चण्डेश्वरी बोर्डिङ बिच भएको थियो । प्रतिष्पर्धात्मक खेलमा प्रगतीले चण्डेश्वरीलाई २—१ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको थियो ।

खेल महोत्सवमा ४ सय मिटर रिले दौड,२ सय ,४ सय मिटरको दौड,हाइजम्प,लङ जम्प,सट पुट र फुटबल खेल समावेश गरिएको थियो । प्रतियोगीताको एथलेटिक्स प्रतियोगीतामा ग्रिनल्याण्ड बोर्डिङ प्रथम,प्रगती बोर्डिङ मेलम्ची द्धितीय र मेलम्ची कम्युनिटी स्कुल तृतीय भएका थिए । प्याब्सनले जुनियर र सिनियर तर्फ खेल महोत्सव सञ्चालन गरेको थियो । जुनीयरतर्फ केही दिनअघि मेलम्चीमा महोत्सव सम्पन्न भएको र गत मंगलबारदेखि जारी महोत्सव सिनियर तर्फको भएको प्याब्सन सिन्धुपाल्चोककी अध्यक्ष दुर्गा थापाले बताइन् ।

खेल महोत्सवमा नेकपाका प्रदेश ३ का सदस्य सरल सहयात्री,सुनकोशी गाउँपालिका ६ का अध्यक्ष रामकुमार थापा,७ का इश्वर तिमिल्सिना,बलेफी ८ का अध्यक्ष चरिबहादुर तामाङ,लिसंखुपाखर गाउँपालिकाकी उपाध्यक्ष हेमगंगा मोक्तान लगायतले प्याब्सनले जिल्लाको खेल क्षेत्रको विकासको लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका थिए ।

खेलकुदको विकासमा प्रदेश सरकार- मन्त्री दुलाल
प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले खेलकुद नियमवाली ल्याएर व्यवस्थीत रुपमा काम सुरु गर्न लागेको बताएका छन् ।

भर्खरै सम्पन्न साग खेलकुद प्रतियोगीतामा स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने प्रदेश सरकारले निर्णय गरेको र मन्त्रीपरिषदमा यसको प्रस्ताव आफैले लगेको मन्त्री दुलालले जानकारी दिए । प्रदेशका खेलाडीहरुलाई प्रदेशको शान खेलाडीको सम्मान भन्दै मेडल दिएर खेलाडीहरुलाई सम्मान गर्न लागको मन्त्री दुलालले जानकारी दिए ।

खेल क्षेत्रको विकासका लागि प्रदेश ३ का विभिन्न जिल्लाहरुमा गत वर्ष र अहिले गरी २७ वटा कर्भड हल निर्माण सम्पन्न हुने मन्त्री दुलालले बताए । नेपालमा अहिले खेल क्षेत्रको लागि स्वर्ण युगको सुरुवात भएको र तिनै तहका सरकारले खेलकुदलाई प्रथामीकतामा राखेको मन्त्री दुलालले बताए ।

(Visited 388 times, 1 visits today)
Loading comments...