बुधवार १५ माघ, २०७६ (Wednesday, 29th January 2020)
१५ माघ, २०७६ (29 January 2020)

धनुषा बम विस्फोटमा विप्लव समुहको संलग्नता : प्रहरी

नारायण ढुङ्गाना
2 months ago
14/12/2019

तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले जानकारी दिनुभयो । उनीहरुले कुकर बम विष्फोट गराएको अनुसन्धानमा देखिएको उहाँले राससलाई जानकारी दिनुभयो ।

“व्यक्तिगत कारणले बम राखेको हुनसक्छ, विप्लव समूहले दशैँका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ”, प्रहरी नायब उपरीक्षक कार्कीले भन्नुभयो । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो ।

स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उहाँका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो भने सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्यान गएको छ । विष्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । डिएसपी कार्कीले घरको भित्री गेटमा बम राखेको र प्रहरीले बम डिस्पोजल टोलीलाई बोलाएर ठाउँ सुरक्षित राख्दाराख्दै विष्फोट भएको जानकारी दिनुभयो ।

स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले झोला चलाएकाले विष्फोट भएको भनेर विभिन्न सञ्चारमाध्याममा आएका समाचारको भने उहाँले खण्डन गर्दै प्रहरीले बम छोएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताउनुभयो । प्रनाउ कार्कीले भन्नुभयो, “घटनास्थल पुगेपछि एकपटक मलाई रिपोर्ट गरे, मैँले ठाउँ सुरक्षित राख्न निर्देशन दिएँ, अर्काे पटक फोन गर्दा घटना भइसकेको खबर पाएँ ।” उहाँले घटनास्थलमा मानिसहरु जम्मा भइसकेकाले प्रहरीले हटाउँदै गर्दा विष्फोट भएको जिकिर गर्दै प्रहरीले मानिस नहटाएको भए अझ धेरै मानवीय क्षति हुन जान्थ्यो होला भन्नुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बमभित्र फलामका टुक्रा (किला) समेत राखेर पड्काएको पाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रकृति हेर्दा मोबाइलबाट रिमोर्ट कन्ट्रोल गरी विष्फोट गराइएको छ ।” उहाँले विष्फोट हुनु अघि परिवारलेसमेत पोको खोलेको स्थानीयको भनाइ उद्धत गर्दै बताउनुभयो । उहाँले पनि प्रहरीले पोको नछोएको जिकिर गर्नुभयो । शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा केही झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुण्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको जनाइएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उक्त घटना आततायी भएको भन्दै गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा संलग्न अपराधीलाई कारबाही गरिछाड्ने प्रतिबद्धता जनाइसक्नुभएको छ । यसअघि गत जेठ १२ गते राजधानीको सुकेधारा र घट्टेकुलोमा मानवीय क्षति हुनेगरी चन्द समूहले बम विस्फोट गराएको थियो । विष्फोटमा तीन जनाको मृत्यु भएको थियो । सुकेधारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा विस्फोट भएको थियो । उक्त घटनामा बम बनाउँदै गरेका उक्त समूहका सदस्य नै मारिएका थिए । सुकेधारामा विस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको थियो । गत फागुन १० गते राती ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि चन्द समूहले नै बम विष्फोट गराएको थियो । विष्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतीक्षा खड्का र उषा मानन्धर घाइते भएका थिए । उक्त घटनामा संलग्नहरु पक्राउ परिसकेका छन् ।

विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । त्यसपछि प्रहरीले विप्लव समूहका सयाँै नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउँदै आएको छ । –नारायण ढुङ्गाना तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । चन्दा माग्दा नदिएकाले घरमा बम राखेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले जानकारी दिनुभयो । उनीहरुले कुकर बम विष्फोट गराएको अनुसन्धानमा देखिएको उहाँले राससलाई जानकारी दिनुभयो । “व्यक्तिगत कारणले बम राखेको हुनसक्छ, विप्लव समूहले दशैँका बेला चन्दाका लागि भनेर पत्र पनि पठाएको रहेछ, पैसा नदिएपछि यो घटना घटाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ”, प्रहरी नायब उपरीक्षक कार्कीले भन्नुभयो ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गए राति भएको घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु भएको थियो । स्थानीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उहाँका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो भने सोही विस्फोटमा परी घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचारका क्रममा ज्यान गएको छ । विष्फोटमा परी राजेशका कान्छा छोरा प्रकाश, छोरी निक्कीकुमारी र बुबा भिखारी साह तथा प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । डिएसपी कार्कीले घरको भित्री गेटमा बम राखेको र प्रहरीले बम डिस्पोजल टोलीलाई बोलाएर ठाउँ सुरक्षित राख्दाराख्दै विष्फोट भएको जानकारी दिनुभयो ।

स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले झोला चलाएकाले विष्फोट भएको भनेर विभिन्न सञ्चारमाध्याममा आएका समाचारको भने उहाँले खण्डन गर्दै प्रहरीले बम छोएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताउनुभयो । प्रनाउ कार्कीले भन्नुभयो, “घटनास्थल पुगेपछि एकपटक मलाई रिपोर्ट गरे, मैँले ठाउँ सुरक्षित राख्न निर्देशन दिएँ, अर्काे पटक फोन गर्दा घटना भइसकेको खबर पाएँ ।” उहाँले घटनास्थलमा मानिसहरु जम्मा भइसकेकाले प्रहरीले हटाउँदै गर्दा विष्फोट भएको जिकिर गर्दै प्रहरीले मानिस नहटाएको भए अझ धेरै मानवीय क्षति हुन जान्थ्यो होला भन्नुभयो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बमभित्र फलामका टुक्रा (किला) समेत राखेर पड्काएको पाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रकृति हेर्दा मोबाइलबाट रिमोर्ट कन्ट्रोल गरी विष्फोट गराइएको छ ।”

उहाँले विष्फोट हुनु अघि परिवारलेसमेत पोको खोलेको स्थानीयको भनाइ उद्धत गर्दै बताउनुभयो । उहाँले पनि प्रहरीले पोको नछोएको जिकिर गर्नुभयो । शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा केही झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुण्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको जनाइएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उक्त घटना आततायी भएको भन्दै गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा संलग्न अपराधीलाई कारबाही गरिछाड्ने प्रतिबद्धता जनाइसक्नुभएको छ । यसअघि गत जेठ १२ गते राजधानीको सुकेधारा र घट्टेकुलोमा मानवीय क्षति हुनेगरी चन्द समूहले बम विस्फोट गराएको थियो । विष्फोटमा तीन जनाको मृत्यु भएको थियो । सुकेधारास्थित एक शैलुन र घट्टेकुलोस्थित एक घरको कोठामा विस्फोट भएको थियो ।

उक्त घटनामा बम बनाउँदै गरेका उक्त समूहका सदस्य नै मारिएका थिए । सुकेधारामा विस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको थियो । गत फागुन १० गते राती ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि चन्द समूहले नै बम विष्फोट गराएको थियो । विष्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने कुमार खत्री, प्रतीक्षा खड्का र उषा मानन्धर घाइते भएका थिए । उक्त घटनामा संलग्नहरु पक्राउ परिसकेका छन् । विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विध्वंशकारी रहेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो । त्यसपछि प्रहरीले विप्लव समूहका सयाँै नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउँदै आएको छ ।

(Visited 38 times, 1 visits today)
Loading comments...