शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

चसो बढेसँगै धुनियालाई भ्याइनभ्याइ

ईश्वर तामाङ
1 month ago
15/12/2019

उदयपुर । चिसो बढेसँगै बाक्ला कपडाको ओड्ने ओछ्याउने बनाउन  गाईघाटका धुनियाहरूलाई भ्याइनभ्याइ भएको छ । केही दिन यता एकाएक चिसो बढ्न थालेपछि यहाँका धुनियाहरूलाई आप्mनो काममा भ्याइनभ्याइ भएको हो ।

बिहान उज्यालो हुन नपाउँदै रुवा कुटेर सिरक र डस्ना सिउन सुरु गर्ने गरेका धुनियालाई असार महिनाका किसानलाई जस्तै बेलुकीसम्म नै कामको चटारो हुने गरेको सलामत धुनिया बताउनुहुन्छ । उहाँका अनुसार जति धेरै कामको चाप बढ्छ त्यति नै बढी दाम कमाइन्छ ।

छिमेकी मुलुक भारतको मधबुनी जिल्लाको विभिन्न गाउँबाट करिब दुई दर्जनको संख्यामा आपूmहरू कामका लागि गाईघाट आएको र स्थानीय व्यक्तिको खालि जग्गा भाडामा लिएर सिरक डसना बनाउने अस्थायी उद्योग सञ्चालन गरेको उनले बताए । गाउँमा बेरोजगार भएपछि रोजगारका लागि नेपाल आएका धुनियाहरूले मासिक १५ देखि २० हजारसम्म  कमाउँदै आएको अर्का भुपाल धुनियाँले बताए । अन्य उपभोग्य वस्तुको मूल्य बढेजस्तै यस वर्षदेखि सिरक डस्ना बनाउँदा लाग्ने ज्यालासमेत वृद्धि भएको उनले भने ।

विगत वर्षमा नयाँ रुवाको सिरक बनाउँदा प्रतिकिलोग्राम ५० रुपैयाँ र पुरानो रुवाको बनाउँदा ७० रुपैयाँको दरले आपूmहरूले काम गर्दै आएकोमा यसवर्षदेखि महँगी बढेका कारण सिरक डस्ना बनाउने दररेटमा  पनि आपूmहरूले ५० रुपैयाँ वृद्धि गरेको भुपाल धुनियाको भनाइ छ । आपूmहरूको पुख्र्यौली पेसा भएकाले विगतका वर्षहरूदेखि नै गाईघाटमा आएर यहाँका कपडा व्यापारी तथा सर्वसाधारण जोसुकैको घरघरमा गएर समेत पुरानो तथा नयाँ रुवाको सिरक डस्ना बनाउने काम गर्ने गरेको अर्का धुनियाँ महमद नाजिर बताउँछन् ।

छ किलोग्राम रुवाको एउटा सिरक बनाउन दुई जनालाई करिब दुई घण्टाको समय लाग्ने र बिहानदेखि बेलुकासम्ममा दुई जना मजदुरले कम्तीमा छ वटासम्म सिरक सजिलै सिउन सक्ने भएकाले यतिबेला आपूmहरूको मुख्य कमाउने बेला भएको  धुनिया नाजिरको भनाइ छ । गर्मीको मौसममा सर्वसाधारणले सिरक बनाउनमा कुनै चासो नदेखाउने गरेको तर जाडोको समय आउना साथ आफुहरूलाई धेरैतिरबाट बोलावट हुने गरेकाले कामको चापाचाप हुने हुँदा यहि तीन÷चार महिना कमाएर वर्षभरीकोे खर्च पु¥याउनु पर्ने भएकोले कहिलेकाही त रातिसमेत सिरक सिउने गरेको भारत राजपुरका महमदगुल्जार मन्सुरीले बताउँछन् ।

सीप र जाँगर भएमा पैसा कमाउन तेस्रो मुलुक जानु पर्ने कुनै बाध्यता छैन नेपाल र भारतका गाउँ घर चाहरेर पनि गर्न सकेसम्म काम पाइने र त्यसबाट दाम पनि राम्रै हात लाग्ने गरेको धुनियाहरूको भनाइ छ ।

(Visited 22 times, 1 visits today)
Loading comments...