बिहिवार ९ माघ, २०७६ (Thursday, 23rd January 2020)
९ माघ, २०७६ (23 January 2020)

सेल्फी किङमा केकीको छमछमी

राजधानी समाचारदाता
1 month ago
15/12/2019

काठमाडौं । चलचित्र सेल्फी किङको एउटा लोकशैलीको गीत ’जाली रुमाल…मा अभिनेत्री केकी अधिकारीको छमछमी नृत्य निकै आकर्षक छ । आगामी माघमा रिलिज हुने यो चलचित्रको टिजर पछि गीतको भिडियो रिलिज  गरिएको हो ।

गीतमा अभिनेता विपिन कार्कीसँगै केकीअधिकारी र भीमफेदी गाइजको अभिनय छ । कथाअनुसार चलचित्रमा आउने गीति कार्यक्रमको माहोलमा यी कलाकारले नृत्य गरेको यसका निर्माता दिनेश राउतले बताएका छन् । यो गीतमा बी पाण्डेको शब्द, सुभाष भुषालको संगीत, अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ ।

गीतलाई भीमफेदी गाइजकै निर्मल लामाले कोरियोग्राफ गरेका हुन् । सोलुको सल्लेरीमा छायांकन गरिएको गीतमा केकी कलाकारकै रूपमा सांस्कृतिक कार्यक्रममा सहभागी भएकी हुन् । जहाँ विपिन हास्य कलाकारका रूपमा प्रस्तुत भएका छन् । यो गीत मन परेकै कारण यसमा नृत्य गरेको केकीले बताएकी छन् । सेल्फीकिङ नामले परिचित एक चर्चित हास्य कलाकारले टेलिभिजनमा हसाउने क्रममा पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइने निर्देशक विशाल सापकोटाले बताएका छन् ।

यो चलचित्रमा विपिनसँग लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय छ ।

(Visited 13 times, 1 visits today)
Loading comments...