शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

बेलुका सुतेका क्षेत्री दिउसो मृत भेटिएका थिए कलाकार दिपक क्षेत्री

राजधानी समाचारदाता
1 month ago
15/12/2019

काठमाडौं । अभिनेता दीपक क्षत्रीको निधन भएको छ । काठमाडौंको डिल्लीबजारमा रहेको आफ्नो डेरामा शुक्रबार राति सुतेका उनी शनिबार दिउँसो ढोका खोल्दा मृत अवस्थामा भेटिएका हुन् ।

बेलुका ढोकामा चुक्कुल लगाएर आफ्नो कोठामा सुतेका क्षत्री शनिबार बिहान अबेलासम्म नउठेपछि छोराले प्रहरी बोलाएर ढोका खोल्दा उनी मृतक अवस्थामा भेटिएका हुन् । क्षत्रीको मृत्युको कारण खुलेको छैन । शनिबार दिउँसो उनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि
लगिएको थियो ।

उनी शुक्रबारसम्म ठिकै थिए । एउटा फिल्मको डविङ गरेर घर फर्किएका दीपक खानापिनपछि सुतेका हुन् । दीपकको श्रीमती विपना बस्नेत (नक्कली हिशिला यमी) यतिबेला मलेसियामा छिन् । छोरीसँग उनी एक कार्यक्रमका लागि मलेसिया गएकी हुन् । श्रीमान्को निधनको खबर पाएपछि उनी आइतबार काठमाडौं फर्कँदै छन् । श्रीमती विपना आएपछि अभिनेता क्षत्रीको अन्त्येष्टि गरिनेछ ।

उनी नायक, खलनायक हुँदै नेपाली चलचित्रमा चरित्र अभिनेताको रूपमा क्रियाशील रहेका थिए । दर्जनौं नेपाली चलचित्रमा जीवन्त अभिनय गरेका क्षत्रीले जुनसुकै भूमिका पनि सार्थक पूर्वक निर्वाह गर्न सक्थे । उनले चलचित्र दिदीमा नायकको भूमिका निर्वाह गरेका थिए । त्यसपछि ‘सिमाना’, ‘जीवनदान’, ‘मसान’, ‘झोला’ ‘सेतो सूर्य’, ‘राज्जा रानी’ लगायतका कैयौं चलचित्रमा अभिनय गरे ।

दीपकले अभिनय गरेको पछिल्लो समय फिल्म छ माया छपक्कै हो । यसमा उनले अस्वस्थ्य नेताको भूमिका निर्वाह गरेका थिए ।
पछिल्लो समय उनी क्यान्सर पीडित थिए । स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका अभिनेता क्षत्रीको गत वर्ष स्वर नलीको शल्यक्रिया गरिएको थियो । त्यसपछि उनको स्वास्थ्य राम्रो थियो ।

(Visited 120 times, 1 visits today)
Loading comments...