शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

जाडो मौसमका खतरा हिटर, मकल र गिजर

डा.प्रकाश बुढाथाेकी
1 month ago
15/12/2019

अछाममा पछिल्लो दशकमा १४ जना, बाजुरामा गत वर्ष २ बच्चासहित महिला तथा किशोरीले महिनावारी हुँदा छाउपडी गोठमा ज्यान गुमाएका छन् । हजारौं दिदीबहिनीले दुःख भोगिरहेका छन् । बहिनी पार्वतीलाई छाउगोठमा बस्दा भएको मृत्युलाई समाजले सर्पले टोकी मृत्यु भएको भनी गरिएको दाहसंस्कार मिडियाकरण गरेपछि गाडिएको शव निकाली पोस्टमार्टम गरियो । तथापि, कानुनी कारबाही नहुँदा न्याय पाइनन् किनभने त्यसबेला नैतिक अपराध मात्र मानिन्थ्यो ।

यही मंसिर १५ गते अछामको साफेबगर ३ सिद्धेश्वरी, डिग्रेनीकी २१ वर्षीय पार्वती बुढा रावतको झ्याल नभएको छाउगोठमा आगो बालेर सुत्दा निस्सासियर मृत्यु भएको घटनामा संहिताकै आधारमा प्रहरीले उनका जेठाजु छत्र रावतलाई पक्राऊ गरेको छ । नेपालमा मुलुकी अपराधसंहिता लागू भएपछि भने यसलाई फौजदारी अभियोग मान्न थालिएको छ । संहिताको दफा १६८ को ३ मा कसैले महिनावारी भएकै कारण छाउगोठ पठाए वा विभेद गरेमा ३ महिनासम्म कैद वा ३ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
जाडोमा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङकाइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनिया, चिसोको एलर्जी, घा“टीको संक्रमण, भाइरल झाडापखाला, छाला फुट्ने, चिलाउने, सुन्निने, सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुनेलगायत मुटु कमजोर बन्दछ । हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेका“ही घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, अपच, पखाला, आउ“जस्ता पाचनसम्बन्धी रोगहरू र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै निम्त्याउ“छ । मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना विरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्दछ ।

शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात दोब्बर बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने, सरसफाइको कमीले विभिन्न संक्रमण र बालबालिकामा दादुरा, ठेउला, पनि ल्याउ“छ । चिसोले रगत बाख्लो बनाउँछ, पातला रक्तनली साघुरिन्छ, तब रगतको दबाब बढ्छ, मुटुको चालमा समेत वृद्धि हुन्छ । कोरोनरी धमनीमा कोलेस्टेरोल जम्छ, धमनी साघुरो र असमतल हुन्छ र रक्तआपूर्ति अपुग भई छाती वा मुटु दुख्छ । जसलाई ग्याँस, अपच भनी लापरबाही गरिन्छ । रक्तधमनी साघुरी मस्तिष्कमा आघात भए पक्षघात, अंगमा भए अंगघात हुन्छ । जाडोमा उत्पन्न समस्याबाट बच्न तथा शरीरलाई न्यानो बनाई राख्न वा आगो ताप्नका लागि बालिने मकल, हिटर, पानी तताउन प्रयोग गरीने गिजरबाट पोलिने तथा झ्यालढोका बन्द गरी मकल बाल्दा तथा नुहाउँदा हुने Ôतिका बारेमा चर्चा गरौं ।

ग्याँस गिजर
ग्या“स गिजरमा पानी ताती रह“दा कार्बनमोनोअक्साइड ग्याँस उत्पन्न हुन्छ । बाथरुममा झ्याल र भेन्टिलेसन राम्रो नभए निस्सासिएर नुहाउने व्यक्तिको मृत्यु हुनसक्छ जुन काठमाडांै, भक्तपुरमा बिगतका वर्षहरूमा घटिरहेका छन् । गिजर प्रयोग हुँदा प्रोपेन ग्याँस भारी हुने भएकाले भुइँमा बस्छ र अक्सिजन कम भएर सीओ ग्याँसको निर्माण हुन्छ र मृत्यु हुनसक्छ ।

सीओको विषाक्तता

अमेरिकामा सीओको कारण बर्सेनि इमर्जेन्सीमा १५ हजार पुग्छन् जस्मा ५ सयको मृत्यु हुने गर्छ भने बेलायतमा पनि भयानकता छ । बिना कुनै संकेत र लक्षण तथा केही लक्षण नभै कसैको ज्यान लिन सक्ने अवस्था वा कारकका रूपमा यसलाई लिइन्छ भने नेपालमा यसको प्रकोप झनै रहेको अनुमान लगाउन सकिन्छ ।

निस्कने तथा विरामी पार्ने र ज्यानै लग्नसक्ने ग्या“स अर्थात् देख्न, सुघ्न र महसुस गर्न नसकिने कार्बनमोनोअक्साइड (सीओ) लाई मौन हत्यारा भनिन्छ । सीओको विषाक्तताबाट बढी प्रभावित हुनेमा मुटुका पुराना रोगी, श्वाससम्बन्धी विरामी, रगतको कमी भएका, गर्भावस्था, गर्भका शिशु र वृद्धा पर्दछन् ।

युनाइटेड स्टेट्स इन्भारोमेन्टल प्रोटेकसन एजेन्सी– इपीएको तथ्य पत्रअनुसार ग्याँस, तेल, कोइला,पेट्रोल वा दाउराजस्ता कार्बनयुक्त इन्धन हावाको कमीका कारण पूर्णरूपमा उड्न सक्दैनन् र सीओ ग्याँस उत्पन्न भई मात्रा बढ्छ । कुनै पनि इन्धन प्राकृतिक ग्याँस, प्रोपेन, पेट्रोल, तेल, मट्टीतेल, काठ वा कोइला डढाउदा कार्बनमोनोअक्साइड ग्याँस उत्पन्न हुन्छ । कार, पेट्रोल, डिजल, ग्याँसबाट चल्ने इन्जिन, स्टोभ, हिटिङ सिस्टमलगायतका उपकरणबाट सीओ ग्याँस निस्कन्छ । त्यसैमा कोठामा चिम्नी, वा भेन्टिलेसनको उचित व्यवस्था नहुँदा, रुम वा वाटर हिटर, कुकरजस्ता उपकरणको गलत तरिकाले फिट गरिनु, उचित रेखदेख नहुँदा सीओ ग्याँस निस्कदै जम्मा हुन्छ । कार्बनमोनोअक्साईड– सीओ रंगहीन, गन्धहीन त्यस्तो विषालु ग्याँस हो, जसलाई नदेख्न सकिन्छ न त चाख्न वा सु“घ्न सकिन्छ । त्यसैले चिम्नी नभएका उपकरण घरबाहिर प्रयोग गर्न बनाइएका हुन्छन् भन्ने हेक्का राख्नुपर्छ ।

लक्षण

सीओ श्वासका माध्यमबाट शरीरमा पुगेपछि रगतमा मिसिन्छ र शरीरको अक्सिजन सोस्ने क्षमतामा कमी ल्याउ“छ । यो प्रक्रियाले शरीरलाई हानिनोक्सानी मात्र पु¥याउँदैन मृत्यु समेत हुन सक्छ । सीओको सामान्य सम्पर्कमा आउँदा सुरुसुरुमा अलिअलि टाउको दुख्छ । निरन्तर सम्पर्कमा रहँदा तीव्र टाउको दुखाई, रिगटा, थकान, वाकवाकी, चिटचिट हुने जस्ता समस्या देखिन सक्छ ।

त्यस्तै ,निर्णय क्षमता, स्मरण शक्ति र अंगमा तालमेलको कमी हुन्छ । स्नायुतन्त्रमा दीर्घकालीन हानि, सिक्ने र सम्झने क्षमतामा अभाव हुन्छ ।
प्रारम्भिक लक्षणमा ध्यान नदिँदा प्रभावित व्यक्ति बेहोसीको अवस्थामा जान्छन् तर कहिलेकाहिं बिना कुनै लक्षण बेहोश हुन सक्छन् । न्यून मात्राको सीओको निरन्तर सम्पर्कमा रहँदा वा एकैपटक धेरै मात्रामा सम्पर्कमा रहँदा स्रोत हटाएपछि पनि स्वास्थ्यमा दीर्घकालीन नोक्सान पुग्नसक्ने सीडीसीको तथ्यपत्रमा उल्लेख छ ।
रगतमा सीओ नाप्न मिल्ने गरी छोटो समय मात्र रहन्छ तुरुन्तै निस्किहाल्छ । शरीरमा वा रगतमा सीओको मात्रा ३० प्रतिशत पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने हुन्छ, ४० प्रतिशत पुग्दा बेचैनी बढ्छ । रगतमा सीओको मात्रा ६० प्रतिशत ह“ुदा मान्छेले चेतना गुमाउ“छ, बेहोसी बन्छ र मात्रा ८० प्रतिशत पुग्दा मानिसको मृत्यु हुन्छ ।
होचा छाउ गोठमा सामुहिक रूपमा बस्दा यौनजन्य रोगहरू, एचआईभी, एड्स, छालाजन्य र श्वासप्रश्वासलगायतका रोग सर्छन् । साथै जंगली जनावरको डर, सर्पको डसाई, आगलागी, बलात्कार, चिसोले पार्ने समस्या, निस्सासिने खतरा र कुपोषण देखिन्छ ।

व्यवस्थापन

पुरै झ्याल ढोका बन्द गरी बाथरुममा न¬हाउने, कोठामा भुसको आगो बाल्ने, मकल ताप्ने, मट्टीतेल तथा ग्याँसयुक्त हिटर, कोइला र आगो बाल्ने गर्नुहँुदैन । ग्याँस गिजर बाथरुम बाहिर राख्नु पर्छ । तातोपानी पहिले नै थापेर बाथरुमको ढोका बन्द गर्नुपर्छ । भेन्टिलेसन ठूला र खुला राख्नुपर्छ । बीचबीचमा सबै सावधानी चेक गर्नुपर्छ ।
लक्षण देखिएको अनुभूति हुना साथ टाउको दुख्ने, उल्टी होला जस्तो हुनासाथ झ्यालढोका खोलिहाल्नुपर्छ । तुरुन्त ताजा हावामा निस्केर सास फेर्नुपर्छ । घरमा झ्यालढोका खोल्नुपर्छ । स्टोभ, ओभन, हिटरजस्ता उपकरण बन्द गरेर घरबाहिर निस्कनुपर्छ ।

लक्षण वा बेहोशी देखिए तुरुन्त अस्पतालमा लग्नुपर्छ जहाँ सास र रगतमा सीओको स्तर नापी छिटै उपचार थालिन्छ । अन्तमा, छाउप्रथा हटाउनलाई सायद कानुनले मात्र पुग्दैन, चेतनाको युद्ध नै सुरु गर्नुपर्छ किनभने अछामका साबिकका ७५ मध्ये ३१ गविस छाउ गोठमुक्त घोषणा भएका छन् तर यी गाउँ कागजमा मात्र मुक्त भएका छन् । महिला र किशोरीले अझै उस्तै दुःख पाइरहेका छन् । अछाममा ३३ हजार, बझाङमा २५ हजार र डोटीमा ४ हजार बढी छाउगोठमा छन् । जनप्रतिनिधि, अधिकारकर्मी र अभियन्ताले नै छाउपडी बार्ने गरेको हाकाहाकी सुनाउनाले यो कुप्रथाविरुद्धको जागरण अभियान फितलो छ । जबरजस्ती घोषणा र छाउ गोठ भत्काइँदा झन् सास्ती बढेको छ । कानुन पनि अव्यावहारिक छ कसरी आफ्नै घर र बाबुआमाविरुद्ध उजुरी दिन सकिन्छ । कानुन बन्नु उपलब्धि भए पनि यहाँको चेतनास्तर, आर्थिक, सामाजिक अवस्था हेर्दा व्यावहारिक प्रयोग भइहाल्ला भन्न सकिँदैन । सामाजिक संस्कारमा परिवर्तनका लागि चेतनाको स्तर उठ्नुपर्छ ।

(Visited 98 times, 1 visits today)
Loading comments...