बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

जंगलमा केरा खेती

राजधानी संवाददाता
1 month ago
15/12/2019

पाल्पा । पाल्पा निस्दी गाउँपालिका–७ ज्यामिरेका स्थानीयले चारैतिर जंगलले घेरिएको र तलपट्टि खोला सुस्याएको भिरालो पाखामा केरा बगान बनाएका छन् ।
कबुलियती वन विकास कार्यक्रमअन्तर्गत जंगलको झाँडी फाँडेर तीन वर्षअघि उनीहरूले केरा रोप्न थालेका हुन् ।

५० दिन बढी जनश्रमदान गरेर उनीहरूले १७ हेक्टर जंगलमा २५ हजार केराको बिरुवा रोपेर आम्दानी लिन थालेका छन् । सामूहिक रूपमा झाँडी फँडानी गर्ने, बिरुबा रोप्ने र गोडमेल गरेका उनीहरूलाई डिभिजन वन कार्यालय पाल्पाले केरा खेती गर्न सघाएको छ ।

२५ घर परिवारको समूहले पहिलो वर्ष ३ लाख र दोस्रो वर्ष २ गरी ५ लाख केरा बिक्रीबाट आम्दानी गरेको कबुलियती वन समूहका अध्यक्ष रमनबहादुर सारुले बताए । आर्थिक वर्ष २०७२/७३ मा सुरु गरिएको खेतीमा उत्पादन भएको छैन । प्राकृतिक रूपमा भिरालो जंगल भए पनि मलिलो माटोका कारण केरा खेती फस्टाएको छ । केरासँगै वरिपरि ४ हजार कागतीका बिरुवासमेत लगाएका छन् ।

कृषि र पशुपालन व्यवसायमा निर्भर उनीहरूले जंगल घाँस दाउराका लागि मात्रै प्रयोग गरेका थिए । स्थानीयको आयआर्जन वृद्धि गर्ने जंगलमा केरा खेतीको विस्तार गरेर आम्दानीको स्रोत बनाएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहनप्रसाद पौडेलले बताए ।

(Visited 27 times, 1 visits today)
Loading comments...