शनिवार ११ माघ, २०७६ (Saturday, 25th January 2020)
११ माघ, २०७६ (25 January 2020)

बजार अनुगमन प्रभावहीन

काैशिला कुँवर
1 month ago
15/12/2019

काठमाडौं । पछिल्लो समय सरोकारवाला निकायको बजार अनुगमन प्रभावहीन रहेको छ । बजार अनुगमन प्रभावहीन हुँदा उपभोक्ता मर्कामा परेका छन् । सरकारी अनुगमन प्रभावकारी नभएको फाइदा व्यापारीले लिँदै आएका छन् । बजार अनुगमन र नियन्त्रण गर्ने अधिकार वाणिज्य आपूर्ति तथा उभोक्ता संरक्षण विभागलाई छ । उक्त अधिकार प्रयोग गर्दै विभागले नियमित बजार अनुगमन गर्दै आएको छ । तर, सो अनुगमन प्रभावहीन देखिएको छ ।

विभागले गरेको नियमित बजार अनुगमनबाट उपभोक्ताले कुनै राहत पाउन सकेका छैन । व्यापारी उपभोक्ताबाट ठगिँदै आइरहेका छन् । सरोकारवाला निकायले कडाइका साथ बजार अनुगमन नगर्दा बजारमा व्यापारीको एकाधिकर बढेको गुनासो उपभोक्ताको छ । दैनिक उपभोग्य वस्तु हरियो तरकारीदेखि अन्य सामग्रीमा व्यापारीले उभपोक्ता ठगी गरेको दाबी पनि उपभोक्ताहरूको छ । व्यापारीबाट उपभोक्ता ठगिँदा समेत सरकारले कुनै ध्यान दिएको छैन ।

उपभोक्ता संरक्षण ऐन २०७५ मा बजार अनुगमन निरीक्षण अधिकृतलाई ठाउँको ठाउँ कारबाही तथा जरिमाना गर्न सक्ने अधिकार सुनिश्चित गरिएको छ । ऐनको मापदण्डविपरीत कारोबार गरेको कैफियत पाइएमा ५ हजारदेखि ३ लाख रुपैयाँ सम्म जरिमाना तथा कारबाही गर्ने अधिकारको व्यवस्था छ । तर, अनुगमन प्रभावकारी छैन ।

चालू आर्थिक वर्षको पछिल्लो चौमासिकमा विभागले बजार अनुगमन गरेर २ सय ५० व्यावसायिक फार्मलाई कारबाही ग¥यो । २ सय ५० व्यावसायिकलाई ४९ लाख रुपैयाँ जरिमाना गराएको छ । विभागले व्यापारीलाई कारबाही र जरिमाना जति गरे पनि उपभोक्ताले भने बजार अनुगमनको अनुभूतिसमेत गर्न पाएका छैनन् । विभागले उपभोक्ता संरक्षण ऐनविपरीत व्यवसाय गर्ने व्यवसायीलाई ४९ लाख रुपैयाँ जरिमाना गराएको हो । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चौमासिकमा ६ यस ६३ फार्म अनुगमन भएको छ  । त्यसमध्ये २ सय ५० फार्मलाई विभिन्न कैफियतका आधारमा जरिमाना गरिएको हो । विभागले उपत्यकामा ५ सय ८२ वटा र उपत्यकाबाहिर ८१ फार्ममा अनुगमन गरेको जनाएको छ । विभागको ६ सय ६३ वटा व्यावसायिक फार्ममा अनुगमन गर्दा २ सय ५० लाई कारबाही गरेको छ भने १ सय २४ व्यावसायिक फार्मसँग स्पष्टीकरण सोधेको छ । यस्तै, ४७ वटा व्यावसायिक फार्मको व्यवसाय रोक्का गरेको छ । यसैगरी, दुईवटा व्यावसायिक फार्मलाई मुद्दा दायर गर्नका लागि पठाइएको छ । यसैगरी, ११ वटा नमुना परीक्षण गर्न पठाइएको विभागले जानकारी दिएको छ । बजारमा म्याद नाघेका सामान, मूल्यसूची नराख्ने, तौलमा कमी, मिसावटलगायतका समस्या धेरै देखिने गरेको छ ।

बजारमा हुने गलत क्रियाकलाप नियन्त्रण गरी स्वच्छ र व्यवस्थित बजार कायम गर्न उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिएको विभागको भनाइ छ । बजार अनुगमनका क्रममा कैफियत फेला परे कसुरअनुसार कारबाही गरिएको विभागले जनाएको छ ।

(Visited 30 times, 1 visits today)
Loading comments...