बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

धनुषा बिस्फोट : मृतक परिवारलाई राहत र घाइतको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने

सुजीतकुमार झा
1 month ago
15/12/2019

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वर नाथ नगरपालिका ५ महेन्द्रनगरमा शुक्रबार राति भएको बम बिस्फोट घटनाको पीडित परिवारलाई भेटेका छन् ।

आज बिहानै टोलीसहित घटना स्थल पगेका मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई प्रति मृतक राहत समेत उपलब्ध गराउने बताए ।

मृतक परिवारलाई उपलब्ध गराइने रकमबारे आउँदो मन्त्री परिषद्को बैठकबाट निर्णय गरिने बताए । जनकपुर भन्दा केही किलोमिटर मात्रै महेन्द्रनगर हुँदा पनिप्रदेश सरकार पीडित परिवारलाई भेटन नगएपछि समाजिक सञ्जालमा प्रदेश सरकारको कडा आलोचना भइरहेको थियो ।
टोलीमा प्रदेश सभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, प्रदेश सभा सद्स्य सिघासन सा कलबार सहितको सहभागिता रहेको थियो ।

बम बिस्फोटको घटनामा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक अमिर दाहाल, औषधी व्यवसायी ४६ वर्षीय राजेश्वर साह र उनका छोरा आनन्द साह रहेका छन । साह बाबु छोराको घटनास्थलमै मृत्यु भएको छ भने विस्फोटमा परी घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शक्तिशाली बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले हिजो नै तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु विप्लब समूहसंग आबद्ध रहेको वताइएको छ । पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् । पक्राउ परेका ३ जनामाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

(Visited 65 times, 1 visits today)
Loading comments...