बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

सिड्नीमा सुनिए दिनेश ‘यो सम्झिने मन छ म बिर्सु कसोरी’

राजन घिमिरे
1 month ago
15/12/2019

सिड्नी । आइतबार सिड्नीको रगडेलमा रहेको एभरेष्ट फंसन सेन्टरको माहौल अलि बेग्लै थियो । नेपाली गित संगीत र साहित्यको अभूतपूर्व जमघट थियो त्यो । त्यो माहौलका हिरो थिए कबि एबं गीतकार दिनेश अधिकारी । उनि पनि दर्शक दिर्घाको पहिलो लहरमा थिए भने स्टेजमा प्रस्तुती प्रस्तुत गरिरहेका थिए बिकास उप्रेती । बिकासले प्रबासमा सर्जककै अगाडि उनैको सृजना गीत प्रस्तुत गर्नु पाउनुलाई जिबन कै अबिष्मरणिय क्षणका रूपमा लिएको उदघोष गरे। उनले शुरू गरे
‘यो सम्झिने मन छ म बिर्सु कसोरी
तिमी नै भनिदेउ हे जाने निठुरी…।।।

दिनेश अधिकारीको शब्दमा स्वर सम्राट नारायण गोपालले गाउनु भएको यो कालजयी गीत जब बिकासले गाएर सकाए , तब आफ्नै सृजना सुनिरहेका दिनेश अधिकारी जुरुक्क उठेर बिकासलाई अंगालो हाल्न पुगे‘ राम्रो गाउनु भयो भाई मन नै छोयो ‘ अधिकारीको यो स्याबासीबाट छाती नै फूलेर आयो । मन नै तरंगित भयो ‘ बिकासले भने । बिकास उप्रेतीले गाएको यो गीतको साच्चै कार्यक्रममा उपस्थित सबैले खुलेर तारिफ गरे ।

यतिबेला नेपाली कबिता र गीत क्षेत्रका उच्च सर्जक दिनेश अधिकारी सिड्नी आइपुग्नु भएको छ । आउन त उहाँ पारिवारिक भेटघाटका लागि आउनु भएको थियो तर, अष्ट्रेलियाको बिभिन्न शहरहरूमा रहनु भएका साहित्यिक पारखीहरूले उनको सम्मानमा कार्यक्रमहरुको आयोजना गरिरहेका छन । सिड्नीमा यो माहौल जुराएको थियो अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज एनएसडब्लु न्यू साउथ वेल्सले ।

कार्यक्रममा सर्जक अधिकारीले जीबन र जगतका कबिताहरू प्रस्तुत गरे भने आफ्ना हिट गीतहरू पनि सुनाए । मदन पुरस्कार प्राप्त अधिकारी भन्दै थिए (‘ प्रबासमा आएर यसरी प्रस्तुत हुन पाएकोमा निकै खुशी छु । यो मेरो लागि जिबन कै भूल्न नसक्ने संयोग हो ‘ ।

कार्यक्रममा आयोजक सस्थाका तर्फबाट महेश्वर शर्माले सबैलाई धन्यबाद मात्र दिएनन् कि उनले भने ‘ प्रबासमा नेपाली साहित्यलाई बिस्तार गर्न हामी सबै लागि रहेका छौ र, हाम्रो यो सोचमा सबैको साथ र सहयोग चाहिएको छ ‘ ।

यो सम्झिने मन छ मात्र होइन , चलचित्र झुमाको बोल बोल पाखाहरू देखी तिमी यसै लजायौ म उसै धकाए लगायतका चर्चित गीतका सर्जक दिनेश अधिकारले भने (‘ म मेरो सिर्जनामा सरल र सहजता खोज्छु । मेरो सिर्जना सबै बर्ग, तह र तप्कासम्म पुग्नु पर्छ । यो नै हो मेरो ध्येय हो ‘ ।

‘ सोचे जस्तो हुन्न जिबन
देखेजस्तो हुन्न जिबन
जस्तो भोग्यो त्यस्तै हुन्छ
चाहे जस्तो हुन्न जिबन….

दिनेश अधिकारीको यो गीत गायकी थिइन तारा देबीले । यो कालजयी गीत आज पनि उत्तीकै सान्दर्भिक र ब्यबहारिक छ । त्यसैले त अधिकारीलाई मानिसको पिडा, ब्यथा र भोगाईका अनुभबहरूलाई सृजनामा रूपान्तरण गर्न सक्ने सर्जकका रूपमा लिइने गरिन्छ ।

(Visited 195 times, 1 visits today)
Loading comments...