बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

बस दुर्घटना अपडेट : १४ मृतक मध्ये १२ जनाको सनाखत

दिनेश थापा
1 month ago
15/12/2019

सिन्धुपाल्चोक । दोलखाको कालिञ्चोक तिर्थ यात्र गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये हालसम्म १२ यात्रुहरुको सनाखत भएको छ ।

दुर्घटनामा दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ की वर्ष ४२ कि लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितीका वर्ष २४ का महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र सोही स्थानकी उनको श्रीमती वर्ष ३५ की मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ की वर्ष ५३ की गंगामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी वर्ष ७ की सबना तामाङ,सोही ठाउँकी वर्ष ३० की रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ की मञ्जु तामाङ, सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लीङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको सनाखत भएको छ । बाँकी दुइजनाको भने खनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा घाइते चार जनाको काभ्रेको धुलिखेल १४ जनाको ह्याम्स अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । स्थानीय सिन्धु सदावहार अस्पतालमा प्रथामीक उपचार गरेपछि गम्भीर घाइते सबैलाई अन्यत्र रिफर गरीएको सिन्धु सदावहार अस्पतालले जानकारी दिएको छ ।

मृतक सबैको पोष्मार्टमको लागि प्रथामीक स्वास्थ्य केन्द्र बाह्रविसे लगिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । मृतकका आफन्त सबै अस्पतालमा आएकोले प्रक्रिया पुरा गरेर मृतकको शब आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको उनले बताए । ह्याम्स अस्पतालमा लगीएका विरामीहरुको अवस्था गम्भीर रहेको र दुइ जनाको टाउकोको शल्यक्रिया गरिएको अस्पतालका अध्यक्ष आरएस भण्डारीले जानकारी दिए । अन्य घाइतेहरुको पनि डाक्टरहरुको ठुलो टोलीले उपचार गरिरहेको भण्डारीले जानकारी दिए ।

कालिञ्चोक तिथै यात्र गरी भक्तपुर जादै गरेको बस आइतबार बिहान साढे ७ बजे लामोसाँघु जिरी सडक खण्डको ६ किलो नजिकै सडकबाट ७० मिटर तल खसेर दुर्घटना भएको थियो । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ नम्बरको बसका चालक भने हाम फालेर भागेको प्रत्यक्षदर्शी स्थानीयले जानकारी दिएका छन् ।

लामोसाँघु जिरी सडक खण्डको ६ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका ६ का वडा अध्यक्ष रामकुमार थापाले जानकारी दिए । घाइते दिपक तामाङका अनुसार बसको सीट भर यात्रु थिएनन् । ब्रेक फेल भएर दुर्घटना भएको घाइते तामाङले जानकारी दिए ।

(Visited 263 times, 1 visits today)
Loading comments...