बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

सिन्धुपाल्चोक बस दुर्घटना : आमाको मृत्यु, चालक बाबु फरार, ७ महिनाकी बालिकाको बिच्चली

दिनेश थापा
1 month ago
15/12/2019

खाडिचौर । १२ यात्रुको घटनास्थलमा नै मृत्यु भएपछि प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेर दुर्घटनास्थल भन्दा ६ किलोमिटर तल रहेको सिन्धु सदावहार अस्पताल खाडिचौर ल्याए । सबैभन्दा सुरुमा ६/ ७ महिनाकी बालिकालाई उपचारको लागि अस्पतालमा ल्याइएको थियो । अस्पतालका डाक्टरहरुले उनको उपचार सुरु गरे ।

बालिकाको अवस्था सामान्य थियो । बालिकाले दुघ खान खोजेपछि अस्पतालका कर्मचारीहरुले बोतलको दुध ल्याएर खुवाउन खोजे तर बालिकाले खान नमानेको सिन्धु सदावहार नर्सीङ कलेजकी प्रिन्सीपल सपना शाहा ले जानकारी दिइन् । अस्पतालमा घाइतेहरुको अवस्था बुझ्न आउँनेहरुको भिड थियो,त्यही भिडमा रहेकी एक जना महिलाले ति बालिकालाई आफ्नो दुध चुसाइन् र भनिन्–‘बच्चीको आफन्त नआउदा सम्म म दुध चुसाउँछु ।’ ति महिला थिइन सुनकोशी गाउँपालिका–७ माझी गाउँकी सुनिता माझी । माझीको पनि भर्खरैको बच्चा भएकाले आफ्नो बच्चा सम्झेर नै दुध चुसाएको बताइन् ।

अस्पतालमा घाइतेहरुको आफन्त आउने क्रम थियो, तर दिउँसो अबेरसम्म पनि ति बालिकाको कोही आफन्त नआउँदा अस्पताललाई समस्या भएको थियो । पछि पत्ता लाग्यो ती बालिका बस चालक सुमन तामङको छोरी रहेछिन् । कालिञ्चोक दर्शन गर्न बस रिजर्भ पाएपछि चालक तामाङले श्रीमती र छोरीलाई पनि सँगै लिएर गएका थिए । बस दुर्घटनामा चालक तामाङको श्रीमतीको मृत्यु भएको छ भने चालक तामाङ फरार छन् । प्रहरीले उद्धार गरेर ल्याएको ति बालिकाको आफन्त नआउँदासम्म अस्पतालमा नै ती बालिकालाई राखिने सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

(Visited 1,239 times, 1 visits today)
Loading comments...