बुधवार ८ माघ, २०७६ (Wednesday, 22nd January 2020)
८ माघ, २०७६ (22 January 2020)

खाडीचौर दुर्घटनाका घाइते दोर्जे तामाङको वयान : पत्ता बांगो भए पनि गाडी चलाइएको थियो

राजधानी समाचारदाता
1 month ago
15/12/2019

हामी सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ याङ्लाकोटका धेरै साथी र आफन्त भक्तपुरको आदर्श चोकमा डेरा गरी बस्छौं । शनिबार भएकाले सबैले बस रिजर्भ गरेर कालिञ्चोक दर्शन गर्न जाने भनेपछि हामी शनिबार बिहान ३ बजे भक्तपुरबाट दोलखाको कालिञ्चोक हिँडेका थियौं । दिउँसो २ बजे कालिञ्चोक दर्शन गरेर हामी फर्कंदा बाटोमै रात प¥यो । मुडेमा आइपुग्दा ८ बज्यो । चालकसहित अन्य केहीले आजै जाने भने तर हामी धेरैले बाटो अप्ठ्यारो छ, आज यहीँ बसौं र भोलि बिहान मात्रै जाने भन्यौँ । हामी सबै मुडेको एउटा होटलमा बास बस्यौं । भोलिपल्ट बिहान पौन सात बजे मुडेबाट हिँड्यौं । लामोसाँघु जिरी सडकखण्डको १३ किलो नजिकै आएपछि बसमा घच्याक्क गरेको आवाज आयो । बस रोकेर चालकले हेरे । हामीले के भएको रहेछ भनेर सोध्यौं । उनले पत्ता बांगो भएछ भनेर जवाफ दिए । हामी सबै आफ्नै धुनमा थियौं । ६ किलोको मोडमा आएपछि घœयाक्क गरेको आवाज सुनें । त्यसपछि केही थाहा भएन, अस्पतालमा पो आइपुगेछु ।

(Visited 533 times, 1 visits today)
Loading comments...