शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

विकास बैंकलाई संस्थागत निक्षेप आवश्यक

पूजा चँदारा
3 weeks ago
05/01/2020

विकास बैंकलाई संस्थागत निक्षेप आवश्यककामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । विगतका १९ वर्ष कार्यानुभवमध्ये १४ वर्ष उनले बैंकमा बिताएका छन् । उनले नबिल बैंक, एनबी बैंक, एनआईसी एसिया बैंक र माछापुच्छ«े बैंकमा कार्यानुभव बटुलेका छन् । बस्नेत बैंकिङ क्षेत्रमा कन्ट्रोल एग्रेसनसहितको नवीनतम प्रणालीको प्रयोग गर्दै यस क्षेत्रलाई नयाँ उचाइमा पु¥याउनुपर्छ भन्ने मान्यता राख्ने गर्छन् । विकास बैंकहरूलाई पनि संस्थागत निक्षेप गर्न दिइनुपर्ने धारणा राख्ने सीईओ बस्नेतसँग राजधानी दैनिकका पूजा चँदाराले बैंकका विविध पक्षमा कुराकानी गरेकी छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

 

प्रवीण बस्नेत

प्रमुख कार्यकारी अधिकृत, कामना सेवा विकास बैंक

 

०.  बैंक तथा वित्तीय संस्थाको बलियो उपस्थिति भएको बजारमा कामना सेवा विकास बैंकको अवस्था कस्तो छ ?

कामना सेवा विकास बैंक पोखरा र बुटवलको क्षेत्रीय उपस्थितिलाई देशभर बलियो उपस्थिति बनाउने उद्देश्यले सेवा विकास बैंकसँग मर्ज भएको बैंक हो । हाम्रो कार्यक्षेत्र पोखरा, बुटवल र नारायणगढ थियो । राष्ट्र बैंकले विकास बैंकहरू देशभर फैलिनुपर्छ भनेपछि हामी प्रदेश १, प्रदेश २ र प्रदेश ३ लाई प्राथमिकतामा राखेर अघि बढिरहेका छांै । हाल देशभर १ सय १४ वटा शाखा सञ्जाल विस्तार भएका छन् । निकट भविष्यमा १ सय ५० वटा शाखा सञ्चालन गर्ने योजना छ ।

विगत एक वर्षमा हामीले हाम्रो व्यापारको आकार पनि दोब्बर बनाएका छौं । १५ अर्बको डिपोजिटको साइज अहिले साढे २७ अर्ब पु¥याएका छौं । त्यस्तै, ऋण १३ अर्बबाट २४ अर्ब पुगेको छ । आक्रमक बजार विस्तार, आन्तरिक क्षमता वृद्धि र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिएका छांै ।

०.  राष्ट्र बैंकले फोर्स मर्जर गराउने भनिरहेको छ । यस्तो बेला कामना सेवा विकास बैंकको कस्तो योजना छ ?

अहिलेसम्म हामीले नियमक निकायसँग कुरा गर्दा कमजोर खालका संस्थालाई मर्जमा लैजाने र जो संस्था बलियो छ, त्यो संस्थालाई पोजिटिभ्ली लैजाने भन्ने बुझेका छांै । विकास बैंकमा अहिले फोर्स मर्जको स्थिति आइसकेको अवस्था छैन ।

अहिले हामी भित्रदेखि नै कसरी राम्रो हुने र आफूलाई कसरी वेस्ट बनाउन सक्छांै भन्ने कुरामा लागि रहेका छांै । यही सिलसिलामा हामीलाई उपयुक्त साझेदार भेटियो भने हामी मर्जमा जान पनि तयार छांै । नजाने भन्ने कुरा छैन । किनभने हामी यसअघि पनि तीनवटा संस्था कास्की फाइनान्स, सेवा विकास बैंक र कामना बैंक मिलेर अहिले हामी कामना सेवा विकासको रूपमा अघि बढ्दै छांै । तर, अहिले हामी कसरी बलियो हुने रिक्स म्यानेजमेन्ट कसरी गर्ने भन्ने कुरामा केन्द्रित भएका छांै ।

०.    बंैंक तथा वित्तीय संस्थाहरूमा लगानी योग्य रकम (तरलता)कोे अवस्था कस्तो छ ?

अघिल्लो आर्थिक वर्षहरूमा तरलताको जस्तो समस्या देखिएको थियो । त्यो समस्या अहिले छैन । त्यसमा पनि अझ विकास बैंकमा तरलता अभाव छैन । विगतमा पनि कमर्सियल बैंकमा तरलता अभाव भए पनि यो समस्या विकास बैंकमा आएन । किनभन्दा हामी कहाँ संस्थागत निक्षेपभन्दा पनि व्यक्तिगत निक्षेप अर्थात् जनताको निक्षेप बढी हुने भएकाले र अर्कोतिर हामीले ठूलो ऋणमा लगानी नगरेर अर्थतन्त्रलाई सस्टेनेबल बनाउन उत्पादनशील क्षेत्रमा ऋण लगानी गरेका थियौं र अहिले पनि यही नीति अपनाइएकाले विकास बैंकमा तरलताको अभाव छैन । सीसीडी रेसियो हाम्रो ७६ प्रतिशत छ । ग्राहकले राम्रो प्रोपोजल ल्यायो भने ऋणमा लगानी गरिनै रहेका छांै ।

०.  दिगो रूपमा तरलताको समस्या समाधान गर्न कस्तो नीति आवश्यक छ ?

केही वर्षदेखि तरलता अभाव हुने चक्र नै बनेको छ । यसको मुख्य कारण ऋणको माग एकदमै बढेर र निक्षेपको स्रोत कम भएको मानिन्छ । यदि बैंकहरूले अधिक मात्रामा उत्पादनशील क्षेत्रमा लगानी बढाउन सक्यो भने यसले अर्थतन्त्र चलायमान भएर कुनै न कुनै तरिकाले अर्थ तन्त्रमै फ्लो हुन सक्थ्यो तर हामी कहाँ उत्पादनशील क्षेत्रमा भन्दा इम्पोर्ट पेमेन्ट गर्नेतिर बढी ऋण लगानी भएको हँुदा यसले पनि पटकपटक तरलताको समस्या पैदा हुने गरेको देखिन्छ । त्यसकारण नीतिगत रूपमा हामीले आन्तरिक उत्पादनशीलतालाई जोड दिन जरुरी छ । साथै, विलासिताका वस्तुमा लगानी घटाउनुपर्ने देखिन्छ । हाम्रो मानसिकता व्यापार व्यवसाय गर्नेभन्दा पनि जागिरे प्रवृत्तिको छ । यो मानसिकता पनि हामीले परिवर्तन गर्ने खालको नीति ल्याउनुपर्छ । अब जहाँसम्म विदेशी फन्ड नेपालमा ल्याउने कुरा छ, यो पनि उपयुक्त तरिका नै हो । तर, यसरी पैसा ल्याउँदा विदेशी मुद्रा सटहीमा समस्या छ । त्यसमा हेजिङ फन्डको व्यवस्था गर्नुपर्छ । हेजिङलाई कसरी सिम्प्लिफाइ गर्ने यसको कस्ट कसरी घटाउने भन्ने खालको पोलिसी ल्याउँदा पनि राम्रो हुन्छ ।

०.  विकास बैंकहरू ग्रामीण क्षेत्रको विकासका लागि स्थापना भएका हुन् तर पछिल्लो समय सहर केन्द्रित हुन थालेका छन् । के विकास बैंकहरू कमर्सियल बैंकसँग प्रतिस्पर्धामा उत्रेकै हुन् त ?

पक्कै पनि हाम्रो उद्गमस्थल ग्रामीण क्षेत्र हो । हामी ग्रामीण क्षेत्रलाई छोडेर सहर केन्द्रित मात्रै छौं भन्न मिल्दैन । अहिले पनि हाम्रो अधिकांश शाखा ग्रामीण क्षेत्रमै छन् । सहरमा आउनुको कारण भने व्यापार विस्तार हो । कुनै पनि व्यवसायमा मुनाफा नगरी अगाडि बढ्न सकिँदैन । सहर व्यापारको प्रमुख केन्द्र भएको ठाउँ भएकै कारण व्यवसाय विस्तार गर्नका लागि विकास बैंक पनि सहरमा प्रवेश गर्न थालेका हुन् । तपाईंले भनेजस्तै कमर्सियल बैंकसँग प्रतिस्पर्धा गर्न उत्रेका होइनन् । मेरो विचारमा आफ्नो संस्थालाई कसरी अब्बल बनाउने भन्ने सोच्ने संस्थाले के गर्दा व्यापार हुन्छ, कहाँ जाँदा बिजनेस एक्स्पान्सन हुन्छ भन्ने सोचेर सहरमा आउन थालेका हुन् ।

०.   नेपालमा वित्तीय पँहुच विस्तारका लागि कामना सेवा विकास बैंकका योजना केकस्ता छन् ?

नेपाल सरकारले ल्याएको खोलांै बचत खाता भन्ने अभियानलाई साथ दिँदै हामीले अन्त खाता नखोलेका ग्राहकका लागि १ सय रुपैयाँ ग्राहकको खातामा जम्मा हुनेगरी प्रोडक्ट ल्याएका छौं, जुन अहिले पनि जारी छ । दोस्रो हामीले ग्रामीण क्षेत्रसम्म पुगेर वित्तीय साक्षरता अभियान पनि सञ्चालन गरिरहेका छौं । तेस्रो वित्तीय पहुँचका लागि हामीले हाम्रा कतिपय शाखा रिमोट गाउँपालिकामा खोलेका छांै । देश विकासका लागि हामीले दिने योगदानमा हामी हरपल लागिपरेका छौं ।

०.   वित्तीय पँहुँच सँगसँगै वित्तीय साक्षरतालाई कतिको प्राथमिकतामा राख्नुभएको छ ?

यो एकदमै महŒवपूर्ण कुरा हो । वित्तीय पँहुच पु¥याइदिनुभयो तर वित्तीय साक्षरतालाई ध्यान दिनुभएन भने यो एकदमै जोखिमपूर्ण हुन्छ । अहिलेका प्रोडक्ट हेर्नुभयो भने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड सेवाहरू छन् । प्रविधिका कारण एकातिर सजिलो भएको छ भने अर्कोतिर जोखिम पनि उत्तिकै छ । बैंकले दिने प्राविधिक सेवाहरूको उपयोग सही ढंगले भएन भने मिसयुज हुने जोखिम हुन्छ । त्यसकारण वित्तीय साक्षरता एकदमै महŒवपूर्ण छ ।

०.  अहिले राष्ट्र बैंकले घरजग्गामा दिइने कर्जामा लगाम लगाएको छ, यो उचित हो कि होइन ?

मलाई लाग्दैन, लगाम लगाएको छ भनेर । झन् केही समयअघि त पहिलो प्राथमिकता आवास भनेर घर किन्दा ७० प्रतिशतसम्म फाइनान्सिङको व्यवस्था गरेको छ । बरु अनअर्गनाइजका रूपमा घरजग्गामा लगानी लगाउने र त्यसबाट नाफा लिने र सरकारलाई कर नतिर्ने कुरामा भने लगाम लगाउन खोजिएको हो । यसको प्रभाव बजारमा पनि देखिएको छ । व्यक्तिगत प्रयोजनका लागि भने सहज रूपमा ऋण पाउन सकिन्छ । हालै करयोग्य आयको ५० प्रतिशत डीबीआर हुनेगरी सर्कुलर आएको छ । त्यसले अलिकति स्थिति भिन्न बनाएको छ । यसमा अझ पनि बहस भइरहेको छ । यसमा अलिकति सहज हुने हो भने राम्रो हुन्छ ।

०.   विकास बैंकका लागि नीतिगत समस्याहरू केके छन् ?

पहिलो समस्याका रूपमा सरकारी निकायको पैसा विकास बैंकलाई राख्न दिइँदैन । सञ्चयकोष, नागरिक लगानीकोषलगायतका सरकारी निकायको पैसा हामीले राख्न पाएका छैनांै । जसले गर्दा विकास बैंक ठूलो निक्षेपभन्दा पर छन् । विकास बैंकहरू आजको दिनमा साढे २ अर्बभन्दा बढी चुक्ता पुँजी भइसकेको संस्था, परिसूचकको आधारमा पनि बलियो हँुदाहँुदै पनि सरकारी निक्षेपबाट टाढा राख्नु भनेको अचम्मको कुरा हो । यो हाम्रा लागि ठूलो नीतिगत समस्या हो । क्रेडिट कार्ड निस्कासन गर्न दिइएको छैन । एलसी खोल्ने कुरामा पनि समस्या छ । यी नीतिगत समस्या हुन् भने व्यावहारिक रूपमा नेपाल सरकारले विकास बैंकहरूलाई ग्यारेन्टी इस्यु गर्न रिलेक्सेसन गरिदिनु हो । तर, सोसाइटी एट लार्ज इन्स्टिच्युसनले यसलाई स्वीकार गरिसकेको अवस्था छैन । कतिलाई त जानकारी पनि छैन । यसैमा समस्या छ । विकास बैंकहरू अब्बल किसिमले सञ्चालनमा आएका छन् । त्यसकारण विकास बैंकलाई हेर्ने नजर पनि फरक हुनुपर्छ ।

 

 

संस्थागत निक्षेपभन्दा पनि व्यक्तिगत निक्षेप बढी हुने भएकाले विकास बैंकमा तरलता समस्या छैन ।

                उत्पादनशील क्षेत्रमा भन्दा इम्पोर्ट पेमेन्ट गर्नेतिर बढी ऋण लगानी ।

                कमर्सियल बैंकसँग प्रतिस्पर्धा गर्न विकास बैंक सहरमा आएको होइन ।

                प्रविधिका कारण सहजतासँगै जोखिम पनि बढेको छ ।

                मनी लावन्डरिºको ठूलो टाउको दुखाइ फाइनान्सिº टेरेरिजम हो ।

                गोएमएलले कालो धन हो कि सेतो हो भन्ने पत्ता लगाउन सहयोग पु¥याउ“छ ।

 

 

०.  अहिले साइबर अपराध निकै बढेको छ । यस्तो अवस्थामा कामना सेवा विकास बैंकले साइबर सुरक्षालाई कत्तिको प्राथमिकतामा राखेको छ ?

हामीले इन्नोभेसन, अटोमेसन र डिजिटलाइजेसनको कुरा गरिरहेका बेला सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । त्यसकारण हामीले गत वर्ष इन्फर्मेसन सिस्टम अडिट गरेर हाम्रो कहाँकहाँ ग्याप एरिया छ, त्यसलाई माइलेस्टोन क्रेट गरेर कहिले कुनकुन समयमा के गर्ने भनेर टाइम लाइन चार्ट नै बनाएर काम गरिरहेका छौं । यो एकदमै बिग एस्पेक्ट हो । म आफंै इन्फर्मेसन सेक्यसरेटी अडिटरको लाइसेन्स प्राप्त व्यक्ति हुँ । हामीले शतप्रतिशत नै जोखिम घटाउन सक्दैनांै तर यसलाई बढीभन्दा बढी न्यूनीकरण गर्ने उपाय अपनाउनुपर्ने कुरा हो । यसका लागि हामी बेस्ट प्राक्टिस गर्नेमा हाम्रो ध्यान केन्द्रित छ ।

०.   सेयर बजारका लगानीकर्ताले कामना सेवा विकास बैंकबाट लाभांश पाउने अवस्था कस्तो छ ?

हामी अहिले ग्रो स्टाटेजीमा छांै । व्यवसाय विस्तारमै अहिले हाम्रो ठूलो पुँजी लागेको छ । त्यसकारण यो बेला हामीले ६.८ प्रतिशत नगद लाभांश दिँदै छांै । दुई वर्षमा हामीले ५ गुणा बढी व्यवसाय विस्तार गरेका थियांै । यो बेलासमेत ६.८ प्रतिशत नगद लाभांश भनेको राम्रो रिर्टन हो ।

०.  बैंकको वित्तीय अवस्था कस्तो छ ?

वित्तीय अवस्थाको कुरा गर्दा अहिले हाम्रो सेयरको जुन मूल्य छ, त्यो नेट वर्थभन्दा पनि तल छ । हाम्रो निक्षेप साढे २७ अर्बको छ । करिब २४ अर्ब ऋण लगानी गरेका छांै । १ सय १४ वटा शाखा सञ्जाल ५५ वटा एटीएम छ भने चाँडै नै ब्रान्चलेस बैंकिङमा जाने तयारीमा छांै ।

०.   १ माघबाट ‘क’ वर्गका बैंकहरूलाई गोएमएलमा जानुपर्ने र विकास बैंकलाई समयावधि तोकेको छ । यसलाई कसरी लिनुभएको छ ?

अहिले विश्वव्यापी रूपमा मनी लावन्डरिङ ठूलो टाउको दुखाइ बनेको छ । मनी लावन्डरिङको ठूलो टाउको दुखाइको पक्ष भनेको फाइनान्सिङ टेरेरिजम हो । त्योबाहेक पनि कालो धन समाजमा बिना कुनै बाधा सञ्चालन भयो भने समाज नराम्रो बाटोतिर बिस्तारै धकेलिँदै जान्छ । मनी लान्वडरिङ भनेको कालो धनलाई सेतो बनाउने कुरा हो । कालो धन कुन हो भन्दा कर छलिबाट कमाएको पैसा, तस्करी, अर्थात् नियमबाहिर बसेर कमाएको पैसा हो ।

यस्तो पैसा विशेष गरेर टेरेरिजम, ठूलाठूला अपराध, गैरकानुनी कामहरूमा लगाइने गरिन्छ । त्यसकारण कालो धन घटाउन संसारभरिका बैंक तथा वित्तीय संस्था गोएमएलमा गइरहेका छन् । यो नेपालका लागि समेत महŒवपूर्ण विषय हो । गोएमएल सफ्टवयर इन्सटल गरी यसको प्रविधिको प्रयोग गरेर रिर्पोटिङ गर्ने कुरा छ यो एकदमै राम्रो पक्ष हो । सरकारको यो योजनामा हामी सकारात्मक छांै ।

०.  यसको मतलब हाम्रा बैंकमा अहिले पनि कालो धन छ वा आयो भन्ने हो ?

त्यस्तो होइन, विभिन्न नियमहरू फ्लो हुन्छन् । सन् २००४ देखि नो योर कस्टमर (केवाईसी)को गाइडलाइन आयो र यो संसारभरि विकास हँुदै गयो । अहिले पनि हामी यसमा रिपोर्टिङ गर्छौं । हाम्रो अहिलेको रिपोर्टिङ भनेको थ्रेस होल्ड रिपोर्टिङ हो । अब यो जुन गोएमएल रिपोटिङ छ, यसमा अझ धेरै पार्टहरू थपिएका छन् । त्यसकारण पनि पछि गएर कालो धन हो कि सेतो हो भन्ने पत्ता लगाउन सहज हुनेछ ।

 

 

 

 

 

 

(Visited 1,425 times, 1 visits today)
Loading comments...