शुक्रवार १० माघ, २०७६ (Friday, 24th January 2020)
१० माघ, २०७६ (24 January 2020)

आमाको मायाले डोर्‍यायो

 नवराज पहाडी
2 weeks ago
11/01/2020

 नवराज पहाडी

लमजुङकी २८ वर्षीया अनिता अधिकारी लमजुङ सदरमुकाम बेंसीसहरस्थित मानवसेवा आश्रम जिल्ला संयोजक छिन् । आश्रममा १९ लक्ष्मीनारायण आश्रित छन् । अनिता उनीहरूका ‘आमा’ अर्थात् आश्रयदाता हुन् ।  बेंसीसहर नगरपालिका–७ स्थित हाइस्कुल चोकको आश्रम उनकै पहल र नेतृत्वमा १२ चैत २०७३ बाट सुुरु भएको हो । आश्रमसँग ५ असार २०७० मा जोडिन पुगिन्, अनिता । स्वयंसेवकका रूपमा पूर्णकालीन कार्यकर्ता भएर हेटौंडा गएको दुई महिनापछि १२ दिने ज्ञान हस्तान्तरण प्रशिक्षणबाट दीक्षित भएर अभियन्ताका रूपमा निरन्तर लागिरहेकी छन्, उनी ।
बेंसीसहर गाउँपालिका–६ को सारिङमा स्थायी बसोबास रहेकी उनलाई मावनसेवामा जोडिन डो¥याउने साइनो भनेकै आमाको माया हो । उनलाई जन्म दिने आमा रेखुमाया उनी कक्षा ७ पढ्दै गर्दा अचानक बिरामी परिन् । आमाको मानसिक अवस्थामा गडबडी आएछ । उपचारमा भौतारि“दै गर्दा एक दिन उनले समाचारमा मावन आश्रमबारे पढ्न पुगिन् । त्यसपछि उनलाई त्यो संस्थामा हेर्न जाऊँ जाऊँ लाग्यो । २०७० जेठ महिना थियो । समाचार पढेपछि आश्रम हेर्न मन लाग्यो र उनी हेटौंडा गइन् ।

५ असारमा आमासहित हेटौंडा गएर आफूलाई सेवामा समर्पित गरिन्, उनले । हेटौंडाबाट चितवन हुँदै लमजुङ आएर आमालाई साथमा नै राखेकी छन्, अनिताले । आश्रममा बस्दा आमाको अवस्थामा धेरै सुधार भए पनि पूर्ण रूपमा ठीक भने भएको छैन । अहिले पनि दैनिक औषधि सेवन गराउनुपर्छ । लमजुङमा २०६५ सालमा एसएलसी सकेदेखि नै ‘आरसीडीसी’ नामक गैससमा आबद्ध भएर तलबी समाजसेवामा जोडिएकी थिइन्, उनी । ‘नोकरी छाड्ने बेला मासिक १७ हजार थियो तर मलाई मावनसेवाले तान्यो र स्वयंसेवी भावनाले समर्पित भएँ, हुँदै आएकी छु,’ उनी भन्छिन्, ‘खानेबस्ने यही आश्रममा गर्छु, त्यसबाहेक मैले गर्ने सबै काम स्वयंसेवक हो ।’
आश्रममा रहेका १९ मध्ये ६ जना बालगोपाल तथा ९ लक्ष्मी र चार नारायण छन् । यी सबैको औषधि, खानपान, घर भाडा गर्दा मासिक १ लाख ६० हजार रुपैया“ सरदर खर्च हुने गरेको छ । आश्रमका लागि नौवटा कोठा भाडामा लिइएको छ । तीमध्ये अफिस, भान्सा, स्टोरका लागि एक÷एक कोठा र बाँकी ६ कोठामा सुत्न प्रयोग हुने गरेको छ । अनिताका अनुसार आश्रमको खर्च एक मुठी दान गर्ने, भोजन सेवा, जन्मदिन तथा बाबाआमाको पुण्यतिथिमा सुभावना व्यक्त गर्नुहुनेको सहयोगका आधारबाट चलेको छ ।

अनिताले विवाह गर्ने सोच करिब त्यागेको अवस्थामा पति युवराज रिमाल आफैंले प्रस्ताव गर्र्दै ‘विवाह गरौं म तिम्रो काममा बाधक बन्दिन“’ भन्ने कबोल गरे । पति अहिले वैदेशिक रोजगारमा छन् । ‘घरमा कहिलेकाही“ जान्छु, दुई भाइ सगोलमै छन् । सासूआमा र जेठाजुजेठानी हुनुहुन्छ । ऐलेसम्म कुनै बाधा विरोध कतैबाट पनि भएको छैन,’ उनी भन्छिन् ।
आश्रममा अक्षर पनि नचिनेकादेखि बीए पढ्दै गरेका ईश्वर घिमिरे (लमजुङ)समेत छन् । उनको पनि मानसिक सन्तुलन गठबडी छ । आश्रममा रहेका वयस्क अधिकांशको अवस्था ईश्वरजस्तै हो । औषधिमा पनि मासिक ठूलै रकम खर्च हुन्छ । आश्रममा दुई मधेसी मूलका, दुई दलितको पहिचान खुलेको छ भने अधिकांंशको जात खुलेको छैन । उनीहरू सबैलाई नामको पछि थरको सट्टा ‘मानव’ भन्ने गरिएको छ । आश्रममा आएका मध्ये दुई जनाको मात्र नागरिकता भएकाले सामाजिक सुरक्षा भत्ता पाउ“छन् । अरूको नागरिकता छैन । धेरै एकल महिला नै छन् तर नागरिकता नभएकाले राज्यले दिने सुविधाबाट वञ्चित छन् ।

बेंसीसहर गाउ“पालिका–६ को सारिºमा स्थायी बसोबास भएकी उनलाई मावनसेवामा जोडिन डो¥याउने साइनो भनेकै आमाको माया हो

आश्रम सञ्चालन खर्चबारे जिज्ञासा राख्दा यतिबेला लमजुङसमेत १४ जिल्लामा १७ स्थानमा शाखा छन् । ती सबैको केन्द्रमा ‘बास्केट फन्ड’ छ । जिल्लामा जेजति संकलन हुन्छ, त्यो एकमुष्ट जम्मा हुन्छ । त्यसमा २० प्रतिशत कोषका लागि कटाएर बाँकी सम्बन्धित जिल्लामा पठाइन्छ । नपुग भएको खर्च केन्द्रले पनि हेर्ने गर्छ ।
‘सन्तुष्टि छ त ?’ भन्ने जिज्ञासामा उनले हाँस्दै उज्यालो अनुहारका साथ भनिन्, ‘छु ।’ कहिलेकाही“ विरक्तिएको बेला दुई÷तीन वर्ष अघिसम्म
‘तिमीहरू जोजो जहाँजहाँ थियौ, त्यहीँत्यहीँ पु¥याएर म पनि घरतिर लाग्छु भन्थें ।’ स्थानीय मस्र्याङ्दी बहुमुखी क्याम्पसबाट बीए गरेकी उनलाई पढाइबारे जिज्ञासा राख्दा उनले गर्वसाथ भनिन्, ‘मानवसेवाको विश्वविद्यालयबाट पीएचडी गर्दै छु भने मलाई कागजको प्रमाणपत्र किन चाहियो ?’ ल

 

(Visited 56 times, 1 visits today)
Loading comments...