आइतवार ५ माघ, २०७६ (Sunday, 19th January 2020)
५ माघ, २०७६ (19 January 2020)

प्रेमविवाह नै गर्छु

डब्बु क्षत्री
1 week ago
11/01/2020

 

‘र्‍याम्प सो’ तथा ‘प्रोडक्ट विज्ञापन’की मोडल हुन्, सृजु खरेल । काभ्रे फलाटे पुख्र्यौली घर भए पनि काठमाडौंमा उनको जन्म भयो । तीन वर्षअघि ‘मनसुन फेसन परेड’मा ‘क्याटवाक’ गरेपछि उनको मोडलिङ यात्रा सुरु भएको हो । सृजुले सो परेडमा लगातार तीन वर्षस“गै कायरा फेसन परेड, फेसन नोभा नाइट, स्टार अन रेड कार्पेट फेसन, मोडल हन्ट रन वे फेसनलगायत दर्जन ‘¥याम्प सो’मा ‘क्याटवाक’ गरिसकेकी छन् । नाडा आटो सो, वाइवाइ पेपर एड, एनसेल पेपर एड, जारा फेसनको एड, दराजको एड, गोल्डस्टार पेपर एडसहित थुप्रै विज्ञापनमा काम गरिसकेकी छन्, उनले । हाल, कम्युटर साइन्समा प्लस टु अध्ययनरत सृजुस“ग राजधानी दैनिकका डब्बु क्षत्रीले गरेको सटकट संवाद : 

 

 

मोडलिङमै किन ?

रहर नै हो । ‘करिअर’ बन्छ भनेर होइन ।

 

मोडलिङमा करिअर नदेख्नुको कारण ?

यसमा पैसा कमाइ राम्रो छैन । अहिले आफूलाई व्यस्त राख्नका लागि हो । मेरो लक्ष्य कि त अन्तर्राष्ट्रिय एयर होस्टेज बन्ने हो, कि आईटी इन्जिनियर ।

 

त्यसो भए मोडलिºमाथि चढ्ने खुड्किलो मात्र हो त ?

खुड्किलोभन्दा पनि समाजमा आफूलाई घुलमिल गराउन र अनुभव लिनका लागि मोडलिङमा लागेकी हुँ ।

 

नायिकाका रूपमा जानका लागि पो हो कि ?

हैन, अहिले नै नायिका बन्ने चाहना छैन । गत वर्ष निर्देशक रमेश कोइरालाबाट  नायिकाको प्रस्ताव आएको थियो । तर, मैले काम गरिन“ । राम्रो ब्यानरबाट प्रस्ताव आयो भने त्यति बेला सोच्न सकिन्छ ।

 

मोडलिङको कमाइ कस्तो छ ?

कामको इज्जतका लागि पनि पैसा लिन्छु । इभेन्ट हेरेर पनि लिने गरेकी छु । ठिकै छ भन्नुप¥यो ।

 

मोडलिङ बाहेक अरु केही ?

म तेक्वान्दोको राष्ट्रिय खेलाडी थिएँ । म ब्ल्याक बेल्ट पनि हु“ । २०७४ मा तेक्वान्दोबाट राष्ट्रिय गेम खेलें । त्यसपछि पढाइले गर्दा छाडेकी हुँ । अब खेलमा लाग्छु । त्यसबाहेक डान्स गर्छु र भलिबल पनि खेल्छु ।

 

पढाइमै व्यस्त हो कि प्रेमसम्बन्धमा पनि ?

अहिलेसम्म सिंगल नै हो, रिलेसनसिपमा छु ।

 

कारण ? प्रेम मन पर्दैन ?

पर्छ नि!  मेरो पछि लाग्ने पनि छन् । म भविष्यमा प्रेमविवाह नै गर्छु । पहिला जिन्दगी बनाऊँ । त्यसपछि प्रेम गरेर घरबार बसाउनुपर्छ भन्ने सोचमा छु ।

 

कस्तो केटा मन पर्छ ?

ट्यालेन्ट । मलाई बुझ्नसक्ने, माया गर्ने र आफैंमा सक्षम केटा मन पर्छ ।

 

लोकेसन : फयर किचन, कुपण्डोल हाइट, ललितपुर

 

थप तस्बिरका लागि  www.rajdhanidaily.com login गर्नुहोला ।

तपाईं पनि मोडलिङ क्षेत्रमा इच्छुक हुनुहुन्छ ? यस क्षेत्रमा ‘करिअर’को ढोका खोल्न चाहनुहुन्छ ? आउनुहोस्, हामी साथ दिनेछौं । सम्पर्क :  [email protected]

(Visited 340 times, 1 visits today)
Loading comments...